कञ्चनपुरमा जेनजी आन्दोलन : सत्तारुढ दलका नेता र जनप्रतिनिधिका घरमा आगजनी र तोडफोड
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा जेनजी आन्दोलनकारीले ठूला दुई दलका कार्यालय, नेता र जनप्रतिनिधिलाई तार्केट बनाए । काठमाण्डौमा सोमबार भएको जेनजीको आन्दोलनलाई प्रहरी प्रशासनद्धारा दमन गरियो । फलस्वरुप १९ जना कलिला विद्यार्थीहरुको ज्यान जादा मंगलबार आन्दोलनले उग्ररुप लिएको हो । कञ्चनपुर लगायत सत्तारुढ दलका शिर्ष नेता, कार्यकर्ता, पार्टी कार्यालय लगायत आन्दोलनकारीको तार्केटमा रहे ।
आन्दोलनकारीहरुले कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का साँसद एवं निवर्तमान गृहमन्त्री रमेश लेखकको जानकी टोल र बेदकोट नगरपालिका ८ स्थित घरमा तोडफोड र आगजनी गरे भने भीमदत्त नगरपालिका ६ ऐंठपुरस्थित रहेको सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको घरमा तोडफोडसंगै आगजनी गरे ।
दिउसो २ बजिसकेपछि आन्दोलनकारीहरुले सुदूरपश्चिम सरकारका पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावलको खैरेनीस्थित घरमा पनि आगजनी र तो...



















