महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सक थपिए
महेन्द्रनगर–कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सक थपिएका छन् । रिर्फर सेन्टरका रुपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय ६ जना विशेषज्ञ चिकित्सक थपिएसंगै २३ जना विशेषज्ञ चिकित्सकहरुले विशेषज्ञ चिकित्सकिय सेवा प्रदान गरीरहेका छन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अर्जुन भट्टले छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सक थपिएको जानकारी दिए । उनका अनुसार विषेशज्ञ चिकित्सक थपिएसंगै मेडिसिन विभाग, हाडजोर्नी विभाग, सर्जरी विभाग, स्त्री तथा प्रसूति रोग विभाग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा गरीएको छ । विशेषज्ञ डाक्टरहरु थपिएसंगै अस्पतालको सेवा प्रवाहमा प्रभावकारीता आउने निमित्त मेडिकल सुपरिटेन्डेन भट्टले बताए । ‘विशेषज्ञ सेवा थपिएपछि यहाँका सेवाग्राहीलाई उपचारमा सजिलो हुन्छ’, भट्टले भने, ‘एउटै विभागमा दुईरतीन जना व...











