दोधारा चाँदनीमा ७५ प्रतिशत रोपाई सकियो
महेनद्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनीमा ७५ प्रतिशत रोपाई सकिएको छ । दोधारा चाँदनी नगरपालिका कृषि विकास शाखाका प्रमुख कमलापति भट्टका अनुसार हालसम्म ७५ प्रतिशत रोपाई सकिएको हो । दोधारा चादनीमा कुल दुई हजार ६ सय हेक्टर खेती योग्य जमिन रहेकोमा दुई हजार हेक्टर जमिनमा मात्रै धान रोपिने प्रमुख भट्टले बताए । विगत बर्षमा २२ सय हेक्टर जमिनमा रोपाई गरीदै आएता पनि यस बर्ष थप दुई सय हेक्टरमा भटमास खेति विस्तार गरीएको कृषि शाखा प्रमुख भट्टको भनाई छ । उनका अनुसार विगत बर्ष दुई सय हेक्टर जमिनमा मात्रै भटमास खेति गरीएको भए पनि यस बर्ष चार सय हेक्टर जमिनमा भटमास खेती गरीएको छ ।
दोधारा चाँदनीमा धान उत्पादकत्व प्रति हेक्टर २ दशलमव ९ देखि ३ दशमलव १ मेट्रिक टन रहेकोछ । यहाँका किसानहरुले धान विक्रि गर्ने गरेका छन् । यहाका ९५ प्रतिशत कृषकले आधुनिक कृषि उपकरण प्रयोग गर्ने गरेका छन् ।
कञ्चनपुर जिल्लामा भने...












