कार्यपालिका बैठक मै वडा अध्यक्षलाई दुव्यवहार र असुरक्षा !
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको एक नगरपालिकाको कार्यपालिका बैठकमै वडा अध्यक्षलाई दुव्र्यवहार र असुरक्षा महसुस भएको छ । आईतबार जिल्लाको भीमदत्त नगरपालिकाको १२औ कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुबाटै असुरक्षित महसुस भएर कार्यपालिका छोडेर बाहिर निष्किएको वडा नं. १८ का वडा अध्यक्ष रविन्द्र देवकोटाले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । आफुले आफ्ना वडाका योजनामा बजेट किन नहालेको ? हालि दिनुप¥यो भनेर समय मागेर बोलिरहेकै बेला वडा नं. ११ का वडा अध्यक्ष प्रकाश थापाले तत र मम गर्दै आफुमाथि दुव्र्यवहार गर्दै जाई लागेको वडा अध्यक्ष देवकोटाले दावि गरेका छन् ।
‘आज कार्यपालिकाको १२औ बैठकमा मैले भीमदत्त नगरपालिका वडा नं. १८ अन्तरगत खैरभट्टी क्षेत्रमा पर्ने वडा न.. १८ र वडा नं. १५को सीमाना जोडने सडक कालोपत्र र वडा नं. १८ कै शिवपार्वती टोलदेखि निम्बुखेडा गणेश नाथको घरसम्म जोड्ने अधुरो...














