सुरक्षित आप्रवासन सम्बन्धी संचारकर्मीसंग छलफल
महेन्द्रनगर : कञ्चनपुरकोे भीमदत्त नगरपालिकामा सुरु गरीएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बारे छलफल गरिएको छ । आइतबार भीमदत्त नगरपालिका रोजगार प्रर्बद्धन शाखाको आयोजनामा आप्रवासन(सामी) कार्यक्रम बारे छलफल गरिएको हो । रोजगार प्रर्बद्धन शाखा प्रमुख कृष्ण बहादुर चन्दले गत पुषदेखि भीमदत्त नगरपालिकामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रम संचालन गरिएको बताए ।
उनका अनुसार श्रम स्वीकृतदेखिका बैदेशिक रोजगारीमा रहेका आफन्तलाई परामर्सका कार्यक्रम संचालन गरिएका छन । पछिल्ला बर्षहरुमा बैदेशिक रोजगारीमा जाने स्वयम नेपाली नागरिक संकटमा परिरहेको र यता घर परिवारमा समेत समस्या उत्पन्न भईरहेको अवस्थामा बैदेशिक रोजगारी सुरक्षित, मर्यादित बनाउने उदेश्यका साथ सरोकारवालासंग छलफल गरेको उनले बताए ।
भीमदत्त नगरपालिका रोजगार प्रर्बद्धनशाखा सामी कार्यक्रमकी मनोसमाजिक परामर्सदाता निर्मला मल्लले नगरपालिकाभरी गएर बैदे...












