मेगा बचत तथा ऋिण सहकारी संस्थाद्धारा सदस्य शिक्षा तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको प्रतिष्ठित सहकारी संस्था मेगा बचत तथा ऋिण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि सहकारी शिक्षा र उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार संस्थाले महेन्द्रनगरस्थीत ममताज पार्टिप्यालेसमा संस्थाका अध्यक्ष रघुनाथ ओझाको सभापतित्व तथा सहकारीका जेष्ठ तथा एकल महिला सदस्य पशुपति चन्दको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको समुद्धघाटन कार्यक्रमका प्रमुख अतिथि पशुपति चन्दले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि पशुपति चन्दले उत्प्रेरणात्मक कार्यक्रमले शेयर सदस्यहरुलाई आलस्यता, बोरपना लगायतका समस्यालाई हटाएर उर्जावान सदस्य बन्न प्रेरणा मिल्नुका साथै सदस्यहरुको मनोवल बढ्ने बताउनुभयो ।
कार्यक्रममा पख्यात मोटिभेसनल स्पिकर योगी नवराज छमले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा दाधारा, ब्रह्मदेव, दैजीसहित महेन्द्रनगर सेव...













