Advertisement

पत्रकार सुरेश रजकको हत्याको विरोधमा महेन्द्रनगरमा विरोध र्‍याली, सहभागिको एउटै स्वर प्रेस स्वतन्त्रताको रक्षा गर

महेन्द्रनगर–पत्रकार सुरेश रजकको हत्याको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्‍याली निकाएको छ । शनिबार पत्रकार महासंघ कञ्चनपुरले पत्रकार रजतको हत्या र विभिन्न सञ्चार गृहमा गरिएको आक्रमणको विरोधमा महेन्द्रनगर बजारमा र्‍याली निकालेको हो । पत्रकार महासंघ कञ्चनपुरको आयोजनामा निकालिएको ¥यालिमा विभिन्न संञ्चारमाध्यममा कार्यरत पत्रकार तथा नागरीक समाजको समेत सहभागिता रहेको थियो । पत्रकार महासंघको भवनबाट निस्किएको पत्रकारहरुको ¥याली बजार परक्रममा गरी महेन्द्रनगरको मदनचोकमा पुगेर कोष सभामा परिणत गरीएको थियो ।

¥यालिमा सहभागि पत्रकारहरुले प्रेस स्वतन्त्रताको रक्षा गर, लोकतन्त्रको रक्षा गरौ, पत्रकारमाथिको आक्रमण सहन्नौ, पत्रकारको सुरक्षा गरलगायतका प्लेकार्डहरु बोकेका थिए ।

 

उक्त कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष एवं वरिष्ठ पत्रकार चित्रांङ्ग थापाले पत्रकार हत्याको घट्ना प्रेसस्वतन्त्रताको विरुद्धमा रहेको बताउनुभयो । उहाँले गणतन्त्र स्थापना समयमा मिडियाले खेलको सकारात्मक भुमिकाको प्रतिशोध लिएर मिडिया र पत्रकारमाथिको प्रहार असह्य भएको बताउनुभयो । यसका लागि नेपाल पत्रकार महासंघको केन्द्रिय निर्णयअनुसारका आन्दोलनको कार्यक्रम चर्काउने बरिष्ठ पत्रकार चित्राङ्ग थापाले बताउनुभयो । त्यसैगरी पत्रकार महासंघ कञ्चनपुरका शाखाका पुर्व अध्यक्ष लक्ष्मण तिवारीले राजाबादीहरुले राजा हुदा जस्तो थियौ त्यसै प्रकारको झल्को दिएको भन्दै यसको घोर विरोध गर्नुभयो ।

 

पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष विष्णु अवस्थीले पत्रकार लेख्नेमात्र हौईन राजावादीको सत्ता पल्टाउन खेलको भुमिका विगतको दिनको स्मरण गर्दै अव आफ्नो स्वतन्त्रताको लागि पनि त्यसैप्रकारको भुमिका खेल्ने कुरा व्यक्त गर्नुभयो । त्यसैगरी प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरी, प्रेस युनियनका जिल्ला सचिव देवेन्द्र खड्का र प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष अरुण भट्टले स्वर्गिय पत्रकार रजतलाई श्रद्धार्जली दिदै आआफ्नो संगठनको निर्देशन बमोजिम आन्दोलन का कार्यक्रम अगाडि बढाउने बताएका छन् । त्यसैगरी नागरीक समाजको तर्फबाट बोल्दै गैसस महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले व्यवस्था परिवर्तनको गर्ने आन्दोलनको नाममा राजाबादीहरुको अराजक आन्दोलन स्वीकार्य नहुने बताउनुभयो । कोण सभाको विसर्जन गर्दै पत्रकार महासंघ कञ्चनपुरका जिल्ला अध्यष सुरेश सिंह धामीले राजावादीको उदण्डता प्रबृति अक्षम्य रहेको बताउदै स्वर्गिय पत्रकारको हत्याको सत्यतथ्य छानविन गर्दै दोषिमाथि कारवाहिको माग राख्नुभयो । कोणसभाको सहजीकरण पत्रकार महासंघ कञ्चनपुरका जिल्ला सचिव कुण्दन पाण्डेयले गरेका थिए ।

शुक्रबार राजावादीहरुको आन्दोलनको भिडियो छायांकन गररिहेका पत्रकार रजतलाई आन्दोलनकारीले काठमाण्डौको तिनकुनेस्थीत घरभित्रै थुनेर घरमा आगो लगाएर हत्या गरेका थिए । उहाँ एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार हुन । यस्तै, कान्तिपुर, अन्नपूर्ण लगायत मिडिया हाउसमा तोडफोड समेत गरिएको थियो । घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउनु पर्ने माग पत्रकार महासंघ कञ्चनपुरले राखेको छ।

पत्रकार महासंघ कञ्चनपुरको कार्यालयबाट सुरु भएको र्‍याली महेन्द्रनगर बजार परिक्रमा गर्दै मदनचोकमा गएर कोणसभामा परिणत भएको थियो।
लोकतन्त्रमा स्वतन्त्र पत्रकारितामा धावा बोलेर अराजकता प्रदर्शन गरिएको भन्दै घटनामा संलग्न कारबाहीको माग गरिएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज