हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ
महेन्द्रनगर–हात्ति मारेको आशंकामा नेकपा एमालेका लालझाडी गाउँ कमिटी अध्यक्ष ओम प्रकाश राना पक्राउ परेका छन । एमाले लालझाडी गाउपालिका अध्यक्ष ओमप्रकास रानालाई सोधपुछका लागि नियन्त्रणमा लिईएको डिभिजन वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत करुणाकर जोशीले बताए ।
अध्यक्ष रानालाई वन कार्यालयको हिरासतमा राखिएको छ । केही दिन अघि लालझाडीमा जंगली हात्ती मृत फेला परेपछि पोष्टमाष्टम प्रतिवेदनले करेन्ट लागेर हात्तीको मुत्यु भएको विषय खुलेपछि डिभिजन वन कार्यालयले कसले करेन्ट लगाएर हात्ती मारेको बारे अनुसन्धान अघि बढाएको छ ।
लालझाडीमा जंगली हात्तीले मानिसमाथि आक्र्रमणदेखि भौतिक सरचना अन्नबालीमा क्षति पु¥याउँदै आएको छ । लालझाडीका स्थानीय हात्ती आतंकले समस्या छन् ।...














