शुक्रबारदेखि शुक्लाफा“टा पर्यटन महोत्सव लाग्ने, महोत्सवअवधिभर नेचरगाईडको ५० प्रतिशत खर्च भीमदत्त नगरपालिकाले तिर्ने
महेन्द्रनगर - ८ औ शुक्लाफाँटा पर्यटन महोत्सव शुक्रबारदेखि लाग्ने भएको छ । कञ्चनपुरको आन्तरीक पर्या–पर्यटन प्रर्बद्धन गर्ने उदेश्यकासाथ फागुन ९ गते शुक्रबारदेखि भीमदत्त नगरपालिकाको आयोजनामा शुक्लाफाँटा पर्यटन महोत्सव हुन लागेको हो ।
भीमदत्त नगर पर्यटन विकास समितिले महोत्सवको तयारी तिव्र रुपमा भईरहेको कुरा पत्रकार सम्मेलनमार्फत सोमबार जानकारी गराएको छ । भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विगतका बर्षहरु जस्तै यस बर्षपनि नगरपालिकाले शुक्लाफाँटा पर्यटन महोत्सव मनाउन लागेको बताउनुभयो । उपाध्यक्ष केसीका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापनाको अवसर पारेर कञ्चनपुरको पर्यापर्यटन प्रर्बद्धनका लागि सरोकारवालासंग समन्वय गरेर महोत्सवको आयोजना गरिएको छ ।
भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले एक सातासमम संञ्चालन हुने महोत्सवमा अरुबर्षभन्दा यसबर्ष...















