अढाई लाख बरावर भन्सार छलीका सामान बरामद
महेन्द्रनगर–जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुई लाख ५६ हजार ९७४ रुपया बरावरको भन्सार छलीको समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत रहेको ईप्रका गड्डाचौकी बाट मंगलबार खटिएको प्रहरी टोलीले अन्दाजी मुल्य दुई लाख १० हजार ४ सय र ईप्रका दोधाराचादनीले अन्दाजी ४६ हजार ५७४ रुपया बरावरको भन्सार छलीको समान बरामद गरेको हो ।
कपडा, हार्डबेयको सामान, किरानाको सामान, चिनी, मिश्री, प्याज र खुर्सानी लगायतका भन्सार छलीका समान बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकार िप्रहरी नायव उपरिक्षक उमेश जोशीले बताउनुभयो । बरामद गरीएको उक्त सामान कानुन बमोजिम थप आवश्यक कारवाहीको लागीगड्डाचौकी भन्सार कार्यालय पठाईएको सूचना अधिकारी जोशीले बताउनुभयो ।...
















