महेन्द्रनगर–जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुई लाख ५६ हजार ९७४ रुपया बरावरको भन्सार छलीको समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत रहेको ईप्रका गड्डाचौकी बाट मंगलबार खटिएको प्रहरी टोलीले अन्दाजी मुल्य दुई लाख १० हजार ४ सय र ईप्रका दोधाराचादनीले अन्दाजी ४६ हजार ५७४ रुपया बरावरको भन्सार छलीको समान बरामद गरेको हो ।

कपडा, हार्डबेयको सामान, किरानाको सामान, चिनी, मिश्री, प्याज र खुर्सानी लगायतका भन्सार छलीका समान बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकार िप्रहरी नायव उपरिक्षक उमेश जोशीले बताउनुभयो । बरामद गरीएको उक्त सामान कानुन बमोजिम थप आवश्यक कारवाहीको लागीगड्डाचौकी भन्सार कार्यालय पठाईएको सूचना अधिकारी जोशीले बताउनुभयो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।