कञ्चनपुरमा भोली(मंगलबार)देखि किशोरीहरुलाई एचपिभी खोप दिईने
महेन्द्रनगर–कञ्चनपुरमा भोली(मंगलबार) देखि फागुन ६ गतेसम्म किशोरीहरुलाई एचपिभी खोप दिईने भएको छ । पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि एचपिभी राष्ट्रिय एपिभी खोप अभियान सञ्चालन गरी खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार अभियान अन्तर्गत जिल्लाका २७ हजार ७ सय ६५ किशोरीलाई खोप दिईने छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकास जोशीले अभियानको चरण चरणमा तयारी अघि बढेको बताए । उनका अनुसार २२माघदेखि शुरु हुने अभियान ६फागुनसम्मै संचालन हुनेछ । विद्यालयमा अध्ययनरत २६ हजार, ८सय २ र विद्यालय बाहिर रहेका ९ सय ६३ किशोरीलाई खोप दिईनेछ ।
जिल्लाभरी ४ सय २६ खोप केन्द्र मार्फत पाठेघरको मुखको क्यान्सर बिरुद्धमा खोप दिईने उनले बताए । बरिष्ठ जनस्वास्थ्य अधिकृत जोशीले नियमित खोपसंगै यस अघि खोप लगाईसकेका किशोरीहरुलाई नदिईने बताए । स्वास्थ्...











