Advertisement

कञ्चनपुरमा भोली(मंगलबार)देखि किशोरीहरुलाई एचपिभी खोप दिईने

महेन्द्रनगर–कञ्चनपुरमा भोली(मंगलबार) देखि फागुन ६ गतेसम्म किशोरीहरुलाई एचपिभी खोप दिईने भएको छ । पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि एचपिभी राष्ट्रिय एपिभी खोप अभियान सञ्चालन गरी खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार अभियान अन्तर्गत जिल्लाका २७ हजार ७ सय ६५ किशोरीलाई खोप दिईने छ ।

 

 


स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकास जोशीले अभियानको चरण चरणमा तयारी अघि बढेको बताए । उनका अनुसार २२माघदेखि शुरु हुने अभियान ६फागुनसम्मै संचालन हुनेछ । विद्यालयमा अध्ययनरत २६ हजार, ८सय २ र विद्यालय बाहिर रहेका ९ सय ६३ किशोरीलाई खोप दिईनेछ ।

जिल्लाभरी ४ सय २६ खोप केन्द्र मार्फत पाठेघरको मुखको क्यान्सर बिरुद्धमा खोप दिईने उनले बताए । बरिष्ठ जनस्वास्थ्य अधिकृत जोशीले नियमित खोपसंगै यस अघि खोप लगाईसकेका किशोरीहरुलाई नदिईने बताए । स्वास्थ्य कार्यालय कञ्चनपुरका सुचना अधिकारी खगेन्द्र कार्कीले विद्यालयमा ४ सय २६ र विद्यालय बाहिर ८२ खोप केन्द्र मार्फत खोप दिईने बताए । उनका अनुसार ४ सय २६ खोप स्वास्थ्यकर्मी र ८ सय ५२ स्वाथ्यस्वयम सेवक रहनेछन । १० बर्षदेखि १४ उमेशर समुहका किशोर र कक्षा ६देखि १०सम्म अध्ययनरत विद्यार्थी सहभागि हुनेछन । सुदूरपश्चिममा २ लाख, १ हजार ९३४ किशोरीलाई खोप दिईनेछ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुँवरले राष्ट्रिय अभियान भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोडदिए । मगलबार पत्रकारसंग खोपबारे छलफल समेत गरेको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले राष्ट्रिय अभियान भएकाले पत्रकार महासंघले सकारात्मक भुमिका खेल्ने बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज