Advertisement

दोधारा चाँदनी– २ मा जेष्ठ नागरिकहरुलाई सम्मान सहित न्यानो लुगा

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सामाजिक दायित्व र ज्येष्ठ नागरिकको सम्मानका लागी जेष्ठ नागरिकलाई सम्मान सहित न्यानो लुगा बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयको आयोजनामा वडामा बसोबास गर्ने ९१ जना जेष्ठ नागरिकलाई सम्मान सहित न्यानो कम्वल (ब्लेङकेट) बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी दिनुभएको छ् । वडाका जेष्ट नागरिक हाम्रा जन्मदाता तथा जिउादा ईतिहास भएकाले उनिहरुको मनोवल उच्च राख्न सम्मान सहित न्यानो कम्वल बितरण गरिएको वडाध्यक्ष पदम रावलले बताउनुभयो । जेष्ठ नागरिकको स्वास्थ्य तथा उनिहरुले पाउने भत्ता लगाएत समाज तथा घरपरिवारमा स–सम्मान बाँच्न पाउने अधिकारका लागि वडा सधै लागिपरिरहेको वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । वडा कार्यालयले सधैको बर्ष जस्तै यस वर्ष पनि जेष्ठ नागरिकलाई न्यानो लुगा बितरण तथा सम्मान गरेको उहाँले बताउनुभयो । न्यानो सामग्री लिन वडा कार्यालय सम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामग्री वितरण गरिएको वडाध्यक्ष रावलले बताउनुभएको छ् ।

ज्येष्ठ नागरिकका अपेक्षा र आवश्यकता सम्बन्धमा सरकार मात्र नभएर आमनागरिक र परिवारको भूमिका कत्तिको प्रभावकारी छ त ? यस बारे पनि सोच्नु जरुरी रहेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । ज्येष्ठ नागरिक जिवित पुस्तकालय रहेको र आफ्नो जिवनको अमूल्य समय परिवार, समाज र राष्ट्रको सेवामा समर्पण गरेर अनुभव आर्जन गरिसकेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

ज्येष्ठ नागरिकको लामो समय सम्म देखेका र भोगेका अनुभवले युवा पुस्तालाई सही मार्ग पहिल्याउनको लागि ज्येष्ठ नागरिकबाट जिवनोपयोगी शिक्षा मिल्ने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । अहिलेको ज्येष्ठ नागरिक भनेका हिजोका युवाशक्ति रहेको र उनीहरुको योगदान र बलिदानबाट आजको पुस्ताको अस्तित्व रहेको उहाँको भनाई रहेको छ् ।

जेष्ठ नागरिकलाई सम्मान सहित न्यानो लुगा बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम रावल, वडा सदस्य, जेष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज