खेलाडीहरुलाई दोधारा चाँदनी नगर खेलकुद बिकास समितिद्धारा खेल सामग्री हस्तान्तरण
दोधारा । नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले कराते र तेक्वान्दो खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपािलकाका नगर प्रमुख किशोर कुमार लिम्बु र नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष दिवान चन्दले करातेका प्रशिक्षक देव बहादुर थापा र नगर तेक्वान्दो बिकास समितिका उपाध्यक्ष भुवन बिहारी पन्त र सचिव सागर बहादुर शाहीलाई एक कार्यक्रमको बिच रु. १ लाख बराबरको खेल समाग्री हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।
हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष दिवान चन्द लगाएत नगर खेलकुद बिकास समितिका पदाधिकारी, खेलाडीहरुको सहभागिता रहेको थयो । नगर विकास संगै खेलकुदको विकासमा पनि दोधारा चाँदनी नगरपालिकाका उत्तिकै जिम्मेवार रहेको बताउदै नगर प्रमुख किशोर क...












