दोधारा चाँदनी– ४ को वडा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको झण्डै रु. ४५ लाख लागतमा निर्माण हुदै गरेको भवनको निमार्ण कार्य एक साता भित्र निमार्ण कार्य सकिने दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । वडाध्यक्ष भक्त बहादुर सुनारका अनुसार ४ कोठाको पक्की भवन निर्माण सम्पन्न हुन लागेको हो । भवनको भित्री भागमा रङ्गरोगन र मार्वल, टायल लगाउने काम मात्रै बाँकी रहेको उहाँले बताउनुभयो । आफु निर्वाचित भएर आएपछि वडा कार्यालयको आफ्नै भवन नभएको र नगरपालिकाको स्वामित्तोमा रहेको एक जिर्ण भवनमा वडा कार्यालय संचालन हुदै आएको वडाध्यक्ष सुनारले बताउनुभयो ।
वडा कार्यालय सानो र सेवाग्राहीलाई सेवा दिदा समेत निकै समस्या हुदै आएको हुदा जनताको सेवा सुबिद्याको सहजताको लागी नगरपालिका कार्याललाई आग...











