Advertisement

दोधारा चाँदनी– ४ को वडा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको झण्डै रु. ४५ लाख लागतमा निर्माण हुदै गरेको भवनको निमार्ण कार्य एक साता भित्र निमार्ण कार्य सकिने दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । वडाध्यक्ष भक्त बहादुर सुनारका अनुसार ४ कोठाको पक्की भवन निर्माण सम्पन्न हुन लागेको हो । भवनको भित्री भागमा रङ्गरोगन र मार्वल, टायल लगाउने काम मात्रै बाँकी रहेको उहाँले बताउनुभयो । आफु निर्वाचित भएर आएपछि वडा कार्यालयको आफ्नै भवन नभएको र नगरपालिकाको स्वामित्तोमा रहेको एक जिर्ण भवनमा वडा कार्यालय संचालन हुदै आएको वडाध्यक्ष सुनारले बताउनुभयो ।

वडा कार्यालय सानो र सेवाग्राहीलाई सेवा दिदा समेत निकै समस्या हुदै आएको हुदा जनताको सेवा सुबिद्याको सहजताको लागी नगरपालिका कार्याललाई आग्रह गरेर निमार्ण कार्य सुरु गरिएको उहाँले बताउनुभएको छ् । उक्त निमार्ण कार्यको जिम्मा सुमन कन्ट्रक्सन कम्पनीले लिएका हो । एक सातामै वडाले आफ्नै भवनबाट सेवा दिने गरी निमार्ण कार्य अन्तिम चरणमा पुगेको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य पदमराज भट्टले बताउनुभएको छ् । निमार्ण कार्य सकिए लगत्तै सम्भवत : दशै ताका आफनै भवनबाट वडाबासीलाई सेवा प्रवाह गर्ने तयारी रहेको वडा सदस्य भट्टले बताउनुभयो ।

वडाका जनप्रतिनिधीको अथक प्रयासले वडा कार्यालय निमार्ण कार्य अघि बढेको स्थानियबासीहरुले बताएका छन् । नयाँ वडा कार्यालय भवनबाट सेवा पाउने भएपछि वडाबासीहरुले खुशी प्रकट गरेका छन् । सानो कोठामा वडा कार्यालय संचालन हुदै आउदा सेवा प्रवाहमा निकै समस्या पर्दै आएको वडाका जनप्रतिनिधीहरुले बताएका छन् ।

निमार्ण क्रममा रहेको वडा कार्यालयको भवनमा सभा कक्ष, कार्यालय प्रयोजनका कक्ष, जनप्रतिनिधीका लागि अलग्गै कक्ष, सुविधा सम्पन्न शौचालय रहेको छ् । आगामी दिनहरुमा भवन नजिक सवारी साधन पार्किङस्थल समेत निर्माण गरिने योजना रहेको बताईएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज