Advertisement

Day: २३ श्रावण २०८१, बुधबार

जनताको सुख, दु:खका सारथी बन्दै दोधारा चाँदनीका वडाध्यक्ष भक्त बहादुर

जनताको सुख, दु:खका सारथी बन्दै दोधारा चाँदनीका वडाध्यक्ष भक्त बहादुर

Breaking News 2, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष भक्त बहादुर सुनार जनताको सुख, दु:खका सारथी बन्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले आफुले पाउने सरकारी सेवा सुबिद्याबाट गरिव र विपन्नहरुको पिडामा मलहम लगाउने गर्दै आएका छन् । आफुले पाउदै आएको सरकारी सेवाले गरिब, गुरुवाका समस्यालाई निराकरण गर्न खर्चदै आएका छन् । वडामा मात्रै नभई नगर क्षेत्रमा रहेका असाहय, विपन्न र साधुसन्तलाई सहयोग गरिरहने वडाध्यक्ष सुनार यस अघिको स्थानिय सरकारका सोही वडाका वडाध्यक्ष पदमा बिजय भएका हुन् । उनले तिन कार्यकाल वडाध्यक्ष पदमा बिजय भएर जनताको सेवा गर्दै आएका छन् । आज दोधारा चाँदनी नगरपालिका– १ र ८ का बिरामीहरुलाई वडाध्यक्ष भक्त बहादुर सुनारले आर्थिक सहयोग गरेका छन् । उनिहरुको उपचारमा सहयोग होस् भन्ने उद्धेश्यले आफुले ब्यक्तीगत सहयोग गरेको बताएका छन् । दोधारा चाँदनी नगरपालिका– १ का...
मेयर लिम्बुको प्रधानमन्त्री ओली संग भेट, बाढीले गरेको क्षती र तटबन्ध निमार्णको बजेट माँग

मेयर लिम्बुको प्रधानमन्त्री ओली संग भेट, बाढीले गरेको क्षती र तटबन्ध निमार्णको बजेट माँग

Breaking News 1, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले प्रधानमन्त्री केपी शर्मा ओली संग भेट गरि बाढीले गरेको क्षती र तटबन्ध निमार्णको बारेमा छलफल गर्नुभएको छ् । प्रधानमन्त्री कार्यालयमा पुगेर दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संग भेट गरि केही दिन अघि दोधारा चाँदनी नगरपालिकामा रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित बनाएको र बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षतीको बिषयमा प्रधानमन्त्री जानकारी गराउनुभएको छ् । बाढीले दोधारा चाँदनी नगरपालिकामा झोलुङ्गे पुल, सडक, अन्नवालीमा ठुलो क्षती बनाएर नगर क्षेत्रको बिकासमा बाधा बनाएको जानकारी गराउदै महाकाली तटबन्धको उ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज