Advertisement

सृजना सहकारीद्धारा संचालित ‘दुग्ध संकलन केन्द्र’ ले किसानहरुको जिवन स्तरमा सुधार

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा स्थानिय स्तरमै एक सहकारी संस्थाले दुग्ध संकलन केन्द्र संचालनमा ल्याएसंगै किसानहरु पशुपालन तर्फ आकर्षित बन्न थालेका छन् । दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले किसानहरुको दुग्घ खरिद गरि उनिहरुको जिवनस्तरमा सुधार ल्याउदै आएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । सृजना सहकारी संस्थाले बचत तथा ऋणमा मात्रै सिमिति नरहेर किसानहरुले उत्पादन गरेको दुधलाई खरिद गरि किसानहरुले पाउने रकमको शुनिश्चिता गरेसंगै दोधारा चाँदनीका किसानहरु पशुपालनमा जोड दिन थालेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । केही वर्ष अघि देखि ५ लिटर दुध खरिद गरि सहकारी संस्थाले सुरु गरेको दुग्ध संकलन केन्द्रमा आज भोली दैनिक १५ सय देखि २ हजार लिटर दुध संकलन भईरहेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाले किसानहरुको दुध बिक्रि बितरणको शुनिश्चिताको लागी सहकारी संस्था मार्फत दुग्ध बोनस सहयोग, दुग्ध संकलन केन्द्र भवन निमार्ण कार्यमा सहयोग गर्दै आएको वडाध्यक्ष सुनारले बताउनुभयो ।

बिगतका दिनहरुमा सिमावर्ती भारतिय बजारबाट आउने भारतिय नागरिकहरुले सस्तो दर रेटमा दुग्ध खरिद गर्ने, बेलाबखत किसानहरु ठगिने गर्दै आएको समस्या टरेर गएको उहाँले बताउनुभएको छ् । गाँउमा उत्पादित दूध घरबाटै बेच्न पाउदा कृषकलाई ठूलो राहत पुगेको स्थानियबासीहरुको भनाई रहेको छ् । दुग्ध उत्पादनका लागि पशुपालन गर्दै आएका ५ सय भन्दा बढी घरपरिवारलाई सिमावर्ती भारतिय बजारमा गएर दुध बिक्री गर्ने समस्या टरेको छ् । सृजना बचत तथा ऋण सहकारी संस्थाले किसानहरुबाट खरिद गरेको दुध स्थानिय बजार र दुग्ध बिकास संस्थान धनगढीमा बिक्रि बितरण गर्दै आएको सृजना बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नैनसिंह ठगुन्नाले बताउनुभएको छ् । किसानबाट खरिद गरिएको दुधलाई चिलिङ भ्याट मार्फत केही दिन ताजा बनाई राखिने गरिएको छ् ।

संकलन केन्द्रमा दुग्धलाई ताजा राख्न चाहिने चिलिङ भ्याट, दूधको शुद्धता नाप्ने मिल्क एनालाईजर, तथा अन्य उपकरणहरु दोधारा चाँदनी नगरपालिका, शुदुरपश्चिम प्रदेश सरकार लगाएत दातृ निकायले उपलब्ध गराएको व्यवस्थापक नैनसिंह ठगुन्नाले बताउनुभएको छ् । दूध संकलनको सहकारीको समुह मार्फत चाँजोपाँजो मिलाइने गरेको उहाँले बताउनुभयो । गाँउमै दूध संकलन गरेर सहकारी संस्थाले विभिन्न व्यापारिक केन्द्र पुर्‍याउदै आएपछि व्यावसायिक पशुपालनमा सहयोग पुगेको र किसानहरु आत्मनिर्भर बन्न थालेको स्थानियबासीहरुको भनाई रहेको छ् ।

भारतिय विचौलियाबाट ठगिने क्रम रोकिएको बताउदै उत्पादन बढाउने, बजारीकरण गर्ने, उत्पादित वस्तुलाई प्रशोधन गरेर दूधको विविधीकरण गर्ने व्यापारमा सहकारीले आगामी दिनहरुमा थप महत्वपूर्ण भूमिका खेल्ने किसानहरुले अपेक्षा राखेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज