Advertisement

सुदूरपश्चिम प्रदेशको टोलीद्वारा बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन

ञ्चनपुरः सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन गरेको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) शारीरिक पुनर्स्थापना केन्द्र र ह्याण्डीक्याप इन्टरनेशलन/यूएसएआईडी फिजिकल रिहाबिलिटेशन एक्टिभिटी परियोजनाको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन भ्रमण गरेको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले बाग्मती प्रदेशमा शारीरिक पुनर्स्थापनाको क्षेत्रमा भईरहेका राम्रा प्रयासहरूलाई सुदूरपश्चिम प्रदेशमा पनि लागु गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश स्तरीय अवलोकन भ्रमणको आयोजना गरिएको बताउनुभयो। उहाँले बाग्मती प्रदेशको बनेपामा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (एचआरडीसी) र साँगामा रहेको स्पाइनल इन्जुरी रिहाबिलिटेशन सेन्टर (एसआईआरसी) को अवलोकन भ्रमण गरिएको बताउनुभयो।

अवलोकन भ्रमणमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी र दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, स्वास्थ्य निर्देशनालयका प्रतिनिधिहरू, ह्याण्डीक्याप इन्टरनेशलनको टोली, एनएनएसडब्ल्यूएको टोली तथा कार्य समिति सदस्यहरू साथै अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको बताउनुभयो।

अवलोकन पछि गरिएको समीक्षामा उनिहरूले भ्रमणले शारीरिक पुनर्स्थापनाको क्षेत्रमा धेरै कुरा सिक्न पाईएको बताएका छन्। बाग्मती प्रदेशका राम्रा प्रयासहरूलाई सुदूरपश्चिम प्रदेशमा पनि लागु गर्नुपर्ने बताउँदै उनिहरूले पुनर्स्थापनाको क्षेत्रमा सुधारका लागि आफुहरू तयार रहेको बताएका छन्। उनिहरूले भ्रमणको आयोजना गरेकामा एनएनएसडब्ल्यूए र ह्याण्डीक्याप इन्टरनेशलनलाई धन्यवाद दिएका छन्।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले शारीरिक पुनर्स्थापना केन्द्र परियोजनामार्फत् सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरूमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको छ। परियोजना अन्तर्गत स्थानीय पालिकासँगको समन्यव तथा सहकार्यमा शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्रीको साथसाथै आवश्यक सेवाहरू प्रदान गरिदैँ आएको छ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज