सुदूरपश्चिम प्रदेशको टोलीद्वारा बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन
कञ्चनपुरः सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन गरेको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) शारीरिक पुनर्स्थापना केन्द्र र ह्याण्डीक्याप इन्टरनेशलन/यूएसएआईडी फिजिकल रिहाबिलिटेशन एक्टिभिटी परियोजनाको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन भ्रमण गरेको हो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले बाग्मती प्रदेशमा शारीरिक पुनर्स्थापनाको क्षेत्रमा भईरहेका राम्रा प्रयासहरूलाई सुदूरपश्चिम प्रदेशमा पनि लागु गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश स्तरीय अवलोकन भ्रमणको आयोजना गरिएको बताउनुभयो। उहाँले बाग्मती प्रदेशको बनेपामा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (एचआरडीसी) र साँगामा रहेको स्पाइनल इन्जुरी रिहाबिलिटे...











