Advertisement

सशस्त्र प्रहरीले निमार्ण गरेको ‘मलामी बिश्राम स्थल’ को उद्धघाटन

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा सशस्त्र प्रहरीले निमार्ण गरेको मलामी बिश्राम स्थलको समउद्धघाटन गरिएको छ् । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म र बिओपी कञ्चनभोज दोधारा चाँदनीको आयोजनमा दोधारा चाँदनी नगरपालिका– ७ मा मलामी बिश्राम स्थलको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले उद्धघाटन गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीको सभापतित्वमा संचालन भएको उद्धघाटन सत्रमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नं. ३५ का गण हेडक्वाटर शैलेश्वरीका गणपती सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्द, दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशी, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्मका गुल्लपती सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंह लगाएत जनप्रतिनिधी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

जगबुडा नदीमा शव दाह गर्दा मलामीहरुलाई बिश्राम स्थलको आवश्यकता महशुस गर्दै बिश्राम स्थलको निमार्ण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका– ७ को आर्थिक सहयोग र सशस्त्र प्रहरीको सिघ्र प्रभाव कार्यक्रम अन्तर्गत मलामी बिश्राम स्थल निमार्ण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको सिमा बस्तीमा सशस्त्र प्रहरीले जनता संग समन्वय र सहकार्यबाट गर्दै आएको कार्य उत्साहजन रहेको बताउनुभएको छ् । यस्ता कार्यले संघिय सरकार र स्थानिय सरकार बिचको सन्तुलन कायम गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।सशस्त्र प्रहरीले संचालन गरेको ‘सीमावासी संग सशस्त्र प्रहरी’ कार्यक्रम प्रभावकारी रहेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । ‘सीमावासी संग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत सिमा बस्तीहरुमा विभिन्न गतिविधी गरिरहेकोले स्थानीय संग सशस्त्र प्रहरीको सम्बन्ध निकै राम्रो भईरहेको नगरप्रमुख लिम्बुको भनाई रहेको छ् ।

शैलेश्वरीका गणपती सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्दले ‘सिघ्र प्रभाव कार्यक्रम’ अन्तर्गत स्थानिय सरकार संग समन्वय र सहकार्य गरि मलामी बिश्राम स्थल निमार्ण गरिएको बताउनुभएको छ् । सिमानामा रहेका जनताहरु संग मिलेर दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको खुला सिमा बस्तीहरुमा बिभिन्न रचनात्मक कार्य संचालन गर्दै आएको शैलेश्वरीका गणपती सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्दले बताउनुभयो । भारत संग जोडिएका दोधारा चाँदनीका सिमा बस्तीहरुमा वडाध्यक्षहरुको संयोजकत्वमा सीमा सहजीकरण समिति गठन गरी कार्य प्रारम्भ भईरहेको सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्दले बताउनुभयो ।

सशस्त्र प्रहरी बलले यस प्रकारका कार्यक्रमहरुको आयोजना गर्दै सीमावासीहरुको विकास र सशस्त्र प्रहरी संगको सहकार्यलाई थप मजबुत बनाउने लक्ष्य राखेको उहाँको भनाई रहेको छ् ।

कार्यक्रममा मलामी बिश्राम स्थलमा निमार्ण कार्यमा सघाउने सशस्त्र प्रहरी जवानहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म दोधारा चाँदनीले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १...
श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

कञ्चनपुर - कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार...
नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

समाज प्रति मेरो मनको पीडा र आग्रह रमेश बस्नेत, कञ्चनपुर आज दोधारा चाँदनी नगरपालिकाको एक सचेत नागरिकको हैसियतले जब म आफ्नो सम...
महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महेन्द्रनगर – कञ्चनपुरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले स्वास्थ्य सेवा तथा प्राविधिक जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

महेन्द्रनगर - उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार वैजनाथ माविको सभाहलमा उत्तम चन्द स्म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज