बडुवाल टोलमा फेरि हात्ती पस्यो, जंगली हात्तीको त्रासले रातभरी जाग्रम
पप्पु गुरुङ्ग, दोधारा । भारतिय जंगलबाट आएको हात्तीले नेपाली बस्तीका किसानहरुले लगाएको खेतीवाली नष्ट गर्न थालेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडुवाल टोल संग जोडिएको भारतिय जंगलबाट भित्रिएको हात्तीको बथानले किसानहरुको यस वर्ष फेरि धान तथा मकैवाली नष्ट गर्न थालेको छ् । बिगतका दिनहरुमा अन्नवाली नष्ट गर्नुको साथै घर भत्काउदै आएको हात्तीको बथान फेरि बडुवाल टोल बस्तीमा पसेर स्थानियबासीहरुको धान तथा मकैवाली नष्ट गर्न थालेको स्थानियबासी कृष्ण सिंह भाटले जानकारी दिनुभएको छ् । हात्तीको त्रासको कारण सुत्न समेत नपाएको उहाँले बताउनुभएको छ् । मध्यरातमा बस्ती भित्रिने हात्तीले मानिसमा आक्रमण गर्ने डरले हात्ती धपाउन भाडा बजाउने आगोको धुनी बाल्ने, पटाका पट्काउने गर्दै आएको कृष्ण सिंह भाटले बताउनुभएको छ् ।
किसानहरुले लगाएको धान, मकै तथा चरि वाली खाएर, उद्यनेर नष्ट गरेको दोधारा चाँदन...











