पाटन बहुमुखि क्याम्पसमा तिन संघसंगठनले उमेदवारी दिए
किरण चन्द, बैतडी - सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका कलेजहरु चैत्र २७ गते स्ववियू निर्वाचन भईरहेको छ । त्यसका लागि बुधबार विभिन्न कलेजहरुमा मनोनयन दर्ताको समय तालिका रहको थियो । त्यही तालिका अनुसार बैतडीको पाटन स्थीत पाटन बहुमुखि क्याम्पसमा तिनओटा संगठनले उमेदवारी दर्ता गराएका छन् । उमेदवारी दर्ता गराउनेमा नेपाल विद्यार्थी संघ(नेवि) अनेरास्ववियू र अखिल क्रान्तिकारीले गठबन्धन गरेर उमेदवारी दर्ता गराएका छन् । त्यसैगरी जनजागरण स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
नेविसंघबाट अध्यक्षमा माधवी भट्ट, सचिवमा चाहना विष्ट र कोषाध्यक्षमा कौशिला साउदको मनोनय दर्ता गरीएको छ । त्यसैगरी सदस्यमा सिता विक, मालती विष्ट, कविता महरा र हिरा विकले उमेदवारी दिएका हुन् ।
त्यसैगरी जनजागरण विद्यार्थी युनियनकोतर्फबाट सभपतिमाा गौतम प्रसाद अवस्थी, सचिवम...











