दोधारा चाँदनीमा प्रहरीको ‘नागरिक सुनुवाई’
पप्पु गुरुङ्ग, दोधारा । नागरिकको गुनासो र सुझाव संकलन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दोधारा चाँदनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सामुदायिक साँझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । गुनासो व्यवस्थापनका लागि कञ्चनपुरले प्रदान गर्दै आएको सेवा र चाडपर्व नजिकिए संग प्रहरीले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी मुस्कान सहितको सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ् । नागरिक सुनुवाई कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नागरिकले शान्ति सुरक्षाको प्रत्याभूती, सीमा नाकामा कडाई, चोरी तस्करी नियन्त्रण, लागू औषध दुव्र्यसनी, दुर्घटना न्यूनीकरण र प्रहरीको सेवाबाट जनताले भोग्नुप...











