Advertisement

दोधारा चाँदनीका १ सय २ जना बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई नगद रकम सहयोग

पप्पु गुरुङ्ग, दोधारा । कञ्चपुरको दोधारा चाँदनी नगरपालिकामा गएको २४ र २५ गते सम्म आएको अबिरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीबाट पुर्ण प्रभावित भएका घरपरिवारलाई आईएमई मार्फत नगद रकम बितरण कार्य सुरु गरिएको छ् । ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएर बसेका थिए । मौसम सामान्य भए संग अन्य बिद्यालयमा आश्रय लिएर बस्दै आएका बाढीपिडित घर फर्किसकेको भएता पनि वडा नं. ३ पटरा खल्लाका ४० घरपरिवार अझै पनि जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई प्रति घरपरिवार रकम रु. १५ हजार आईएमई मार्फत नगद रकम दिने निर्णय भए अनुसार पहिलो किस्ता रकम रु. ७ हजार ५ सय बितरण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् ।

दुई चरणमा गरि उक्त रकम आईएमई मार्फत पुर्ण क्षती भएका घरपरिवारलाई उपलब्ध गराउन सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । यस पटक बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई सहयोग रकम उपलब्ध गराउने, अर्को पटक आंशिक क्षती भएकाहरुलाई राहत उपलब्ध गराईने दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको निर्णय भएको उहाँको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय, डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोग र सकार्यमा बाढीबाट पुर्ण क्षती भएका १ सय २ घरपरिवारलाई आईएमई मार्फत नगद रकम रकम बितरण कार्य सुरु गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् ।

उक्त रकमले बाढी प्रभावितहरुले घरको मर्मत तथा सम्भार, खाद्य सामग्री खरिद, बालबालिकाका लागि कपडा तथा शैक्षिक सामग्री खरिद लगाएतका बहुप्रयोजनामा राहत हुने उहाँले बताउनुभयो । नगद प्रवाहका लागि बाढीबाट क्षति भएका व्यक्तिहरुको सूचीमा तयार गरि दोधारा चाँदनी नगरपालिका कार्यालयबाट नाम सिफारिस भएका प्रभावित व्यक्तिको मोबाईलमा एसएमएस आउने र सोही एसएमएसको आधारमा नजिकै रहेको सृजना बचत तथा ऋण सहकारी संस्थाबाट नगद प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ् ।

अविरल वर्षा संगै जगबुडा नदी र महाकाली नदीको जलसतह बढेपछि होचा भू–भागमा रहेका दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरुका बस्तीहरु प्रभावित बनाएको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च ...
इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा ...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आ...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज