Advertisement

आफ्नो कर्तव्य र जिम्मेवारीप्रति बफादार भएर काम गर्न नगर प्रमुख लिम्बुको नगर प्रहरीलाई निर्देशन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाले आधारभूत तालिम लिएर आएका नगर प्रहरीलाई स्वागत गरेको छ । नगरपालिकाले स्थानीय तह सञ्चालन ऐन २०७४ मा नगर प्रहरीको व्यवस्था गरिए अनुरुप नगर प्रहरी ऐन निर्माण गरी नगर प्रहरीको भर्ना लिई आधारभूत तालिम गर्न सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरी गणमा पठाएको थियो । आईतबार आधारभुत तालिम लिएर फर्केका १५ जना नगर प्रहरीलाई औपचारीक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रहरीले पालिकामा शान्ति, सुरक्षा र स्थानीय तहको सेवा प्रवाहमा महत्वपूर्ण सहयोगी भूमिका निर्वाह गर्ने छन् । नगर प्रमुख किशोर कुमार लिम्बुले नगरप्रहरीलाई बधाई तथा स्वागत गर्दै आफ्नो कर्तव्य र जिम्मेवारी प्रति वफादार भएर काम गर्न निर्देशन दिनुभयो । नगर प्रहरीको स्वागत कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, वडाध्यक्ष लगाएत नगर प्रहरीको उपस्थिती रहेको थियो ।

लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफुलाई स्थापित हुने गरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दिक्षित भई आएका नगर प्रहरीलाई दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, वडाध्यक्षहरुले अविर फुल गुच्छाले स्वागत गर्दै आफ्नो जिम्मेवारी कुसलतापुर्वन निभाउन निर्देशन दिनुभयो ।

नगर प्रहरी जवानहरुले तालिममा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्य क्षेत्रमा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने तथा नगर प्रहरी संगठनको मान प्रतिष्ठा उच्च वनाउन सफल हुने विश्वास प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले व्यक्त गर्नुभयो ।
दोधारा चाँदनी नगर प्रहरीमा एक जना असई, दुई हवल्दार र १२ जना सिपाही गरि जम्मा १५ जना नगर प्रहरी रहेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज