Advertisement

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

महेन्द्रनगर – होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनले जितेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक होली फेमलीलाई ३५ रन अन्तरले पराजित गर्दै वात्सल्य विद्या निकेतन बेलौरी च्याम्पियन भएको हो ।

प्रतियोगिताको फाइनलमा ३५ रनको हार बेहोरेको आयोजक होली फेमलीले उप विजेतामा चित्त बुझाएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको वात्सल्यले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ११८ रनको योगफल खडा गर्यो । टिमका लागि बात्सल्याका मानव बिष्टले ६० रन, हिमाल पन्तले २३ रनको योगदान दिए ।

होली फेमलीका सागर गिरीले २ , कप्तान मुकेश जोशी र भानुभक्त ऐरीले सामान १/१ विकेट लिए ।
माध्यम लक्ष पछ्याएको आयोजक होली फेमली १७.५ ओभरको खेलको समाप्तिमा सबै विकेट गुमाउँदै ८३ रनमा प्याक भयो । हरीश बुढाले ३६ रन, निरज पन्तले २४ रन बनाए पनि जीतका लागी प्रयाप्त भएन ।

वालिङ तर्फ वात्सल्यका धिरेन्द्र राज विष्टले ३.५ ओभर बलिङ गर्दै ३ विकेट लिए । उनले १६ रन मात्र खर्चेका थिए । हिमाल पन्त, अन्जित धामी, आयुष भट्टले सामान २/२ विकेट लिए ।
वात्सल्य का हिमाल पन्त प्रतियोगिताको वेस्ट बलर र प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । फाइनल खेलको प्लेयर अफ द म्याच भएका वात्सल्यका मानव बिष्ट नै वेस्ट व्याटर घोषित भए ।  प्रतियोगिताको उदयमान खेलाडीको उपाधि होली फेम्लिका निरज पन्तले पाए ।

समापन क्रायक्रमको आयोजना गरी प्रतियोगिताको विजेता टिम बात्सल्यालाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । त्यसै गरी उप विजेता टिम होली फेम्लिलाई पनि ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरेको छ ।
कार्यक्रम जिल्ला कञ्चनपुर क्रिकेट  संघका अध्यक्ष विरेन्द्र बहादुर चन्दको सभापतित्व एबं जिल्ला खेलकुद विकास समिति अध्यक्ष ज्ञानेन्द्र(ज्ञानु) बहादुर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ ।
विशिष्ठ अतिथि प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्ट रहेका थिए । अतिथिमा वात्सल्य विद्या निकेतनका फाउन्डर लक्ष्मण सिंह दियाल, निर्माण व्यवसायी संघ कञ्चनपुरका सचिव ब्रिज किशोर, क्रिकेटर प्रदीप सिंह ऐरीका बुबा गगन सिंह ऐरी र होली फेमलिका सहायक प्रिन्सिपल हरीश सिंह ठगुन्ना रहेका थिए ।
कार्यक्रम कञ्चनपुर क्रिकेट संघका सचिव विशाल सनारले कार्यक्रमको सञ्चालन गरे ।
प्रतियोतामा जिल्लाभरिका १६ विद्यालय सहभागी भएका थिए । बात्सल्याले कञ्चनपुरको प्रतिनिधित्व गर्दै प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता खेल्नेछ । बाटाल्याले टिममा ४ जना खेलाडी अन्य टिमबाट छनोट गरी राख्न पाउनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज