Advertisement

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

महेन्द्रनगर – होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनले जितेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक होली फेमलीलाई ३५ रन अन्तरले पराजित गर्दै वात्सल्य विद्या निकेतन बेलौरी च्याम्पियन भएको हो ।

प्रतियोगिताको फाइनलमा ३५ रनको हार बेहोरेको आयोजक होली फेमलीले उप विजेतामा चित्त बुझाएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको वात्सल्यले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ११८ रनको योगफल खडा गर्यो । टिमका लागि बात्सल्याका मानव बिष्टले ६० रन, हिमाल पन्तले २३ रनको योगदान दिए ।

होली फेमलीका सागर गिरीले २ , कप्तान मुकेश जोशी र भानुभक्त ऐरीले सामान १/१ विकेट लिए ।
माध्यम लक्ष पछ्याएको आयोजक होली फेमली १७.५ ओभरको खेलको समाप्तिमा सबै विकेट गुमाउँदै ८३ रनमा प्याक भयो । हरीश बुढाले ३६ रन, निरज पन्तले २४ रन बनाए पनि जीतका लागी प्रयाप्त भएन ।

वालिङ तर्फ वात्सल्यका धिरेन्द्र राज विष्टले ३.५ ओभर बलिङ गर्दै ३ विकेट लिए । उनले १६ रन मात्र खर्चेका थिए । हिमाल पन्त, अन्जित धामी, आयुष भट्टले सामान २/२ विकेट लिए ।
वात्सल्य का हिमाल पन्त प्रतियोगिताको वेस्ट बलर र प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । फाइनल खेलको प्लेयर अफ द म्याच भएका वात्सल्यका मानव बिष्ट नै वेस्ट व्याटर घोषित भए ।  प्रतियोगिताको उदयमान खेलाडीको उपाधि होली फेम्लिका निरज पन्तले पाए ।

समापन क्रायक्रमको आयोजना गरी प्रतियोगिताको विजेता टिम बात्सल्यालाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । त्यसै गरी उप विजेता टिम होली फेम्लिलाई पनि ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरेको छ ।
कार्यक्रम जिल्ला कञ्चनपुर क्रिकेट  संघका अध्यक्ष विरेन्द्र बहादुर चन्दको सभापतित्व एबं जिल्ला खेलकुद विकास समिति अध्यक्ष ज्ञानेन्द्र(ज्ञानु) बहादुर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ ।
विशिष्ठ अतिथि प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्ट रहेका थिए । अतिथिमा वात्सल्य विद्या निकेतनका फाउन्डर लक्ष्मण सिंह दियाल, निर्माण व्यवसायी संघ कञ्चनपुरका सचिव ब्रिज किशोर, क्रिकेटर प्रदीप सिंह ऐरीका बुबा गगन सिंह ऐरी र होली फेमलिका सहायक प्रिन्सिपल हरीश सिंह ठगुन्ना रहेका थिए ।
कार्यक्रम कञ्चनपुर क्रिकेट संघका सचिव विशाल सनारले कार्यक्रमको सञ्चालन गरे ।
प्रतियोतामा जिल्लाभरिका १६ विद्यालय सहभागी भएका थिए । बात्सल्याले कञ्चनपुरको प्रतिनिधित्व गर्दै प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता खेल्नेछ । बाटाल्याले टिममा ४ जना खेलाडी अन्य टिमबाट छनोट गरी राख्न पाउनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज