होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई
महेन्द्रनगर - होली फेम्ली राष्टिय 'स्कूल लेभल च्याम्पियनशिप' को उपाधि बात्सल्या विद्या निकेतनले जितेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक होली फेमलीलाई ३५ रन अन्तरले पराजित गर्दै वात्सल्य विद्या निकेतन बेलौरी च्याम्पियन भएको हो ।
प्रतियोगिताको फाइनलमा ३५ रनको हार बेहोरेको आयोजक होली फेमलीले उप विजेतामा चित्त बुझाएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको वात्सल्यले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ११८ रनको योगफल खडा गर्यो । टिमका लागि बात्सल्याका मानव बिष्टले ६० रन, हिमाल पन्तले २३ रनको योगदान दिए ।
होली फेमलीका सागर गिरीले २ , कप्तान मुकेश जोशी र भानुभक्त ऐरीले सामान १/१ विकेट लिए ।
माध्यम लक्ष पछ्याएको आयोजक होली फेमली १७.५ ओभरको खेलको समाप्तिमा सबै विकेट गुमाउँदै ८३ रनमा प्याक भयो । हरीश बुढाले ३६ रन, निरज पन्तले २४ रन बनाए पनि जीतका लागी प्रयाप्त भएन ।
वालिङ तर्फ वात्सल...











