Advertisement

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द, महेन्द्रनगर नमुना र वात्सल्य विजयी

महेन्द्रनगर – होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप अन्तरगत आज वर्षका कारण दुई खेल रद्द भएका छन्। भने महेन्द्र नमुना मावि र वात्सल्य विद्या निकेतन विजयी भएका छन् ।
शुक्रबार महाकाली सेकेन्डरी स्कुल र नवप्रतिभा सेकेन्डरी स्कुल बीच हुने भनिएको खेल एवं लिटिल स्टार पब्लिक स्कुल र ज्ञानुदय पब्लिक एकेडेमी बीचको खेल बर्साका कारण रद्द भएका हुन् । चारै टिमले एक/एक अङ्क बाँडेका छन् ।

वर्षा रोकिएपछि भएको लिटिल बुद्ध एकेडेमी र महेन्द्रनगर नमुना मावि बीचको खेलमा महेन्द्रनगर नमुना माविले जित हात पारेको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नमुना माविले लिटिल बुद्ध एकेडेमीलाई ८.४ ओभरमै ४७ रनमा रोकेको थियो। लिटिल बुद्ध एकेडेमीका एकजना खेलाडीले १८ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क समेत बनाउन सकेनन् । महेन्द्र नमुना माभिका खेलाडीले उनीहरूलाई घुँडा टेकाएका हुन् । महेन्द्र नमुना माविका तर्फबाट सुमित धामीले १ दशमलव ४ ओभर बलिङ गर्दै चार विकेट लिएका छन्। उनले एक रन मात्र खर्चेका छन्। त्यसैगरी २ दशमलव ३ ओभर बलिङ गरेका सुरज जोशीले छोरन खर्चिदै तीन विकेट हात पारे।
४८ रनको झिनो लक्ष्य पाएको महेन्द्र नमुना माविले ११.३ ओभर मै नौ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। लिटिल बुद्धका केशव चन्दले चार तथा स्वयंम भट्टले तीन विकेट हात पारे । बलिङतर्फ महेन्द्रनगर नमुना माभिका पुष्पराज थापाले १८ रन बनाउँदै स्कुललाई एक विकेटले जित दिलाएका थिए।
त्यसैगरी आजै भएको दोस्रो खेलमा वात्सल्य विद्या निकेतनले कञ्चनजङ्गा बोर्डिङ स्कुललाई ३३ रनले पराजित गरेको छ ।
टस जिते र पहिलो ब्याटिङ गरेको वात्सल्य विद्या निकेतनले निर्धारित १५ ओभर पुरै खेल्दै छ विकेटको क्षतिमा १०६ रन बनाएको हो। वात्सल्यका मानव बिष्टले २५ बलको सामना गर्दै ३१ रन जोड्न सफल भए। त्यसैगरी ३१ बलको सामना गरेका अनुप जोशीले २० रनको योगदान दिए। सहजकञ्चनजङ्गा इङ्लिस बोर्डिङ का रोशन सानले तीन ओभर बलिङ्ग गर्दै तीन विकेट हात पारे। उनले १६ रनमा मात्रै खर्चेका हुन् ।
१०७ रनको लक्ष्य पछ्याउँदै जवाबी ब्याटिङ गरेको कञ्चनजङ्गा इङ्लिस बोर्डिङले १४ दशमलव ४ ओभरको खेलको समाप्तिमै सम्पूर्ण विकेट गुमाएको हो। कञ्चनजङ्गा बोर्डिङ स्कुलले ७३ रन मात्रै बनाउन सक्यो।
कञ्चनजङ्गका लागि गौरव मल्लले ३१, रोशन साउद र निशान थापाले समान १२/१२ रनको योगदान दिए पनि त्यो जीतका लागी प्रयाप्त हुन् सकेन ।
बलिङतर्फ वात्सल्यका हिमाल पन्तले तीन ओभरमा दुई मेडन राखी १ रन खर्चिदै चार विकेट हात पारे।
साथै प्रतियोगितामा समूह ए बाट महाकाली सेकेन्डरी स्कुल गुलरिया र समूह सी बाट होली फेमिली इङ्लिस मिडियम स्कूलले सेमीफाइनलको यात्रा तय गरिसकेका छन् । भने बि र डी बाट बाकी छ । चार समुहका विजेता टिमले सेमीफाइनल खेल्ने छन्  ।
च्यामियनशिपमा १६ विद्यालयको सहभागिता रहेका छन् । प्रतियोगितामा च्याम्पियन बन्ने टिम कञ्चनपुरको प्रतिनिधित्व गर्दै सुप स्तरीय क्रिकेट प्रतियोगिता खेल्नेछ । प्रतियोगिता असार ३ गते समापन हुनेछ । १६ टीमलाई ४ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराउँदै छ ।

सेमी फाइनल नक आउट प्रणालीमा खेलाइने आयोजकले जनाएको छ । सेमिफाइनलमा विजेता दुई टोली बीच उपाधि भिडन्त हुनेछ ।

यो प्रतियोगिता कञ्चनपुर क्रिकेट संघको आयोजनामा होली फेम्ली इंग्लिश बोर्डिङ स्कूलको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज