नयाँ खबर
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन जारी गर्न माग अघि सार्दै प्रदेशमा कार्यरत विभिन्न कर्मचारी संघ संगठनहरुले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । बिहीबार सात निजामती कर्मचारीका सघ संगठनहरुले स्थानीय सेवा ऐन जारी गर्न माग मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाएका हुन । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशका अध्यक्ष महादेव जोशीले निजामती कर्मचारी संगठन सहित सात संघ संगठनहरुले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए ।

सुप प्रदेश बाहेक अन्य प्रदेशमा स्थानीय सेवा ऐन र नियमावली जारी भएको अवस्थामा सुप प्रदेशमा ढिलाई भईरहेको भन्दै ऐन पारित गराउनका लागि कर्मचारी संघ संगठन सडकदेखि आन्दोलनमा आउन बाध्य भएको मुख्यमन्त्री शाहको ध्यानार्कण गराएका छन । निजामती कर्मचारीहरुको आधिकारिक टे«ड यूनियन कैलालीका अध्यक्ष विमल प्रकास जोशी, एकीकृत सरकारी कर्मचारी संगठन केन्द्रीय उपाध्यक्ष जयदेव जोशी, नेपाल निजामती कर्मचारी संगठन सुप प्रदेशका अध्यक्ष महादेव जोशी, नेपाल निजामती कर्मचारी यूनियन प्रदेश अध्यक्ष धर्म बहादुर देउवा, एकीकृत सरकारी कर्मचारी संगठन प्रदेश अध्यक्ष जनकराज जोशी, नेपाल निजामती कर्मचारी यूनियन कैलाली अध्यक्ष खेमराज जोशी, नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुर अध्यक्ष मान बहादुर चन्दद्वारा हस्ताक्षरित संयुक्त ज्ञापन पत्रमा प्रदेश सभामा दर्ता भएको विधेयक यथाशिघ्र कार्यान्वयन गरेर स्थानीय तहका कर्मचारीको बृद्धि विकासमा जोडदिएका छन ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कमल बहादुर शाहीले ऐन पारित विषयमा अघि बढ्ने बचन दिएका छन ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।