Advertisement

स्थानियतहलाइ आगामी बजेटमा मिडियालाइ प्राथमिकता दिन पत्रकार महासंघ कंचनपुरको आग्रह

महेन्द्रनगर –  नेपाल पत्रकार महासंघ कंचनपुर शाखाले कंचनपुरका स्थानियतहहरुलाइ आगामी आथिक बर्षको बजेटमा मिडियालाइ प्राथमिकताका राखेर बजेट बिनियोजन गर्न आग्रह गरेको छ । समाज राष्ट्रको बिकास परिवर्तनको लागि महत्वपुर्ण भुमिका निर्वाह गरेका संचारमाध्यमहरु पछिल्लो समय आर्थिक अभावका कारण धराशायी बन्दै गएको भन्दै महासंघ कंचनपुर शाखाले उक्त आग्रह गरेको हो ।  नेपाल पत्रकार महासंघ शाखा कंचनपुरको बैशाख ५ गते शुक्रबारका दिन शाखा अध्यक्ष  सुरेश सिंह धामीको अध्यक्षतामा सम्पन्न  बैठकले  कंचनपुरका ९ वटै स्थानिय तह अर्थात पालिकाहरुलाइ  बिगतका बर्षहरुमा बिनियोजन गर्दै आएको सन्चारमाध्यम सङ्ग सम्बन्धित  प्रकाशन प्रसारण लगायतका अन्य सिर्षकका  बजेटमा आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटमा सन्चारमाध्यमलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गर्न , सुचना, सन्देश ,कार्यक्रमको प्रकाशन तथा प्रशारणमा बिगतको भन्दा थप रकम बिनियोजन गर्न र  नेपाल पत्रकार महासंघ कंचनपुर शाखाको भवनको ब्यवस्थापनको लागि समेत बजेट बिनियोजन गरि सहयोग गरिदिन अनुरोध गरिन्छ  ।
यसैगरी महासंघले सार्वजनिक सरोकारका बिषयमा सुचना पाउने, माग गर्ने र प्राप्त गर्ने हरेक नागरिकको अधिकार हो । सूचना प्रवाहले हरेक बिषयलाइ पारदर्शी र जवाफदेही बनाउने गर्दछ । कंचनपुरमा रहेका सरकारी, गैरसरकारी , सार्वजनिक  तथा अन्य संस्था ,कार्यालयहरुलाई नियमानुसार सुचनाको हक कार्यान्वयन गर्न र सुचनामा सबैको सहज सरल पहुँच स्थापित गर्न आग्रह गरेको छ   ।

महासंघले कंचनपुरका स्थानिय तह ,सरकारी तथा गैरसरकारी कार्यालयहरु र अन्य सार्वजनिक संस्था ,संस्थान , कार्यालयहरुले सन्चारमाध्यममा प्रकाशन ,प्रसारण लगायत मिडियासंग सम्बन्धित सिर्षकमा खर्च गर्दै आएको रकमलाइ थप ब्यवस्थित, पारदर्शी, मितब्ययी, समानान्तर बितरण र मिडिया मैत्री बनाउन सबैलाइ आग्रह गरेको छ  ।
यसैगरी मिति २०८१ चैत्र १५ गते काठमाडौको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकको घटनाको हत्यतथ्य छानबिन गरि दोशिलाइ कडा भन्दा कडा कानुनी कारवही गर्न, पिडित परिवारलाइ उचित क्षतिपुर्ती दिन, घाइतेहरुको उपचार गर्न, सन्चारगृह माथी भएको तोडफोड आक्रमणको छानबिन गरि दोशिलाइ कारबाही गर्न तथा उचित क्षतिपुर्ती दिन र पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले केन्द्रीय महासंघ समितिले गरेको सर्कुलर अनुसार चरणबद्ध  बिरोध कार्यक्रम अन्तर्गत र्याली ,कोणसभा,कार्यक्षेत्रमा कालो पट्टि बाधेर कार्य संचालन सम्पादन  तथा कंचनपुरका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका गृहमन्त्री , प्रधानमन्त्रीलाइ ध्यानाकर्षण लगायतका अन्य कार्यक्रम गरिएकोमा अहिले सम्म महासंघले उठाएका मागहरुको उचित संबोधन हुन नसकेको समयमा पत्रकार सुरेश रजकको हत्या घटनाको सत्यतथ्य छानबिन ,दोशिलाइ कारवाही ,पिडित परिवारलाइ उचित क्षतिपुर्ती ,घाइतेको उपचार,संचारगृहमाथी भएको  आक्रमण तोडफोडको छानबिन र उचित क्षतिपुर्ती दिन तथा सन्चारकर्मिहरुको पेशागत सुरक्षाको सुनिस्चितता गर्न नेपाल सरकार संग नेपाल पत्रकार शाखा कंचनपुरले जोडदार माग गरेको छ  ।  नेपाल पत्रकार महासंघ शाखा कंचनपुरको आगामी बैठक घुम्ती गर्ने निर्णय भएको अध्यक्ष धामिले बताएका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

उद्धव सिंह - इतिहास केवल पुस्तकका पानाहरूमा सीमित हुँदैन; यो शिलामा कुँदिएका अक्षरहरू, माटोभित्र गाडिएका अवशेषहरू र पुर्खाहरूले छो...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज