स्थानियतहलाइ आगामी बजेटमा मिडियालाइ प्राथमिकता दिन पत्रकार महासंघ कंचनपुरको आग्रह
महेन्द्रनगर - नेपाल पत्रकार महासंघ कंचनपुर शाखाले कंचनपुरका स्थानियतहहरुलाइ आगामी आथिक बर्षको बजेटमा मिडियालाइ प्राथमिकताका राखेर बजेट बिनियोजन गर्न आग्रह गरेको छ । समाज राष्ट्रको बिकास परिवर्तनको लागि महत्वपुर्ण भुमिका निर्वाह गरेका संचारमाध्यमहरु पछिल्लो समय आर्थिक अभावका कारण धराशायी बन्दै गएको भन्दै महासंघ कंचनपुर शाखाले उक्त आग्रह गरेको हो । नेपाल पत्रकार महासंघ शाखा कंचनपुरको बैशाख ५ गते शुक्रबारका दिन शाखा अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा सम्पन्न बैठकले कंचनपुरका ९ वटै स्थानिय तह अर्थात पालिकाहरुलाइ बिगतका बर्षहरुमा बिनियोजन गर्दै आएको सन्चारमाध्यम सङ्ग सम्बन्धित प्रकाशन प्रसारण लगायतका अन्य सिर्षकका बजेटमा आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटमा सन्चारमाध्यमलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गर्न , सुचना, सन्देश ,कार्यक्रमको प्रकाशन तथा प्रशारणमा बिगतको भन्दा थप रकम बिनि...












