Advertisement

सुप प्रदेशस्तरिय खुला कराँते प्रतियोगिता हुदै

महेन्द्रनगर–मंगलबारदेखि सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघको आयोजनमा प्रदेशस्तरीयत खुला कराँते प्रतियोगिता हुदैछ । खेलाडीहरुले निरन्तर अभ्यास गरेतापनि आफ्नो कला प्रदर्शन र परिक्षण गर्ने थलोको अभाव खट्कीरहेको बेला खेलाडीहरुको मनोबल उच्च राख्नकालागि प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
सुप प्रदेश सितोरियो कराते संघका संयोजक ओमकार गिरीले खेलाडीहरुमा आत्मवल बढाउन र पलायन हुनबाट रोक्नका लागि उक्त प्रतियोगिता आयोजना गरीएको बताए । प्रतियोगिताका सम्पूण खेलहरु महेन्द्रनगरको कर्बडहलमा संचालन हुनेछ । प्रतियोगितामा उमेर र तौल समुह अनुसार खेलाडीहरुविच प्रतिस्पर्धा गराईनेछ । तौलसमुह तर्फ २५ र ८५ किलो माथि र उमेर तर्फ १०, १३, १६, १९ बर्षमुनी र १९ बर्षमाथि उमेर समुहविच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । कञ्चनपुर, कैलाली सहित सुदूरपश्च्मि प्रदेशका पहाडी जिल्लाबाट खेलाडीहरुले सहभागिता जनाउनेछन् । प्रतियोगितामा झण्डै ६ सयबढि खेलाडीविच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका संयोजक कर्म बहादुर सिहले सहभागि खेलाडीहरुलाई बसोबासलगायतको प्रबन्ध गरीएको बताए । विजेता खेलाडीलाई प्रमाण पत्र, मेडल सहित नगद पुरस्कार प्रदान गरिनेछ । उदघाटनमा सितोरियो कराँते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङ् प्रमुख अतिथि रहने आयोजकले जानकारी दिएको छ । संघले अन्तराष्ट्रिय खेलाडीहरुलाई समेत सम्मान गर्ने कार्यक्रम छ । सितोरियो कराते प्रशिक्षक बिरेन्द्र बहादुर चन्दले सोेनिया तिरुवा, आस्था लुहार, मनिसा बोहरा, कञ्चन बोहरा र शुनिता सुनारलाई सम्मान गरिने बताए ।
सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघका अध्यक्ष यज्ञराज बैजले खेल र खेलाडीको विकास र स्तरबृद्धिका लागि खुला प्रतियोगिता आयोजना गरिएको बताए ।
सुर्खेतमा हुने भनिएको १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता विगत एक बर्षदेखि हुन सकेको छैन । प्रतियोगिता दुई पटक स्थगित भएपछि खेलाडीहरुमा निरासा र हतोत्साहित भएको देखिन्छ । २०७९ असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशको पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १...
श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

कञ्चनपुर - कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार...
नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

समाज प्रति मेरो मनको पीडा र आग्रह रमेश बस्नेत, कञ्चनपुर आज दोधारा चाँदनी नगरपालिकाको एक सचेत नागरिकको हैसियतले जब म आफ्नो सम...
महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महेन्द्रनगर – कञ्चनपुरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले स्वास्थ्य सेवा तथा प्राविधिक जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

महेन्द्रनगर - उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार वैजनाथ माविको सभाहलमा उत्तम चन्द स्म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज