Advertisement

सुन, चाँदी र गरगहनामा लगाइएको करको कञ्चनपुरमा विरोध

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा सुनचाँदी व्यवसायीहरुले नेपाल सरकारद्धारा लागु गरिएको कर नीति अव्यवहारिक भएको भन्दै बृहत ¥याली तथा खवरदारी सभा गरेका छन् । शुक्रबार कञ्चनपुर सुनचाँदी व्यवसायी संघ, महाकाली सुनचाँदी रत्न तथा आभुषण संघ झलारी, र नेपाल हस्तकला महासंघ शाखा कञ्चनपुरले सरकारद्धारा लागु गरीएको नयाँ कर नीतिको खारेजीको माग राख्दै संयुक्तरुपमा महेन्द्रनगरको स्मारक चोकबाट बृह्त ¥याली निकालेर बजार परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय परिसरमा खवरदारी सभा आयोजना गरेका हुन् ।

सरकारले आगामी आवको बजेट वक्तव्यमार्फत सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला ब्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्षरुपमा असर पर्ने गरी २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको नाममा चर्को भार पार्न खोजेका कारण आन्दोलन गर्नुपरेको कञ्चनपुर सुनचादी व्यवसायी संघका अध्यक्ष सुरत सुनाले बताए । अध्यक्ष सुरत सुनारले ग्राहकको ढाड सेक्ने गरी लागु गरीएको सरकारको नीतिले सुनचाँदी व्यवासाय नै धरापमा पर्ने बताए ।

तिनै संगठनमा आवद्ध सुनचाँदी व्यवासायीहरुले आजै बैठक बसी कञ्चनपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरत सुनारको नेतृत्वमा ८ सदस्यीय जिल्ला संघर्ष समिति गठन गरेका छन् । बैठकले सदस्यमा अशोक कुमार ठाकुर, सुमित लामिछाने, लक्ष्मण सुनार, गजेन्द्र पाण्डेय, सितल कुमार खनाल, मिन बहादुर सुनार, उमेश कुमार विश्वकर्मा र सोम सुनार पौडेल लाई चयन गरेको छ । त्यसैगरी संयुक्त बैठकले आगामि दिनमा गर्ने भनिएका आन्दोलनका केन्द्रिय कार्यक्रमहरुलाई ससक्त बनाईने निर्णय गरेको छ ।

 

सुनमा लगाईएको दुई प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाईएको १३ प्रतिशत भ्याट खारेजीको माग अघि सारेको संयोजक सुरत सुनारले बताए । सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने तथा सुनचाँदीको कारोवारको लागि प्रष्ट नीति नियमावली निर्माण गर्नुपर्ने माग जोडदार उठाएका छन् ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले संयुक्त आन्दोलन परिचालन समिति र विभिन्न बिषयगत समिति गठन गरी चरणबद्ध आन्दोलनको घोषणा गरीसकेको छ । सोही कार्यक्रम अनुसार आज कञ्चनपुर जिल्लामा पनि विरोध ¥याली र खवरदारी सभाको आयोजना गरीएको हो । केन्द्रिय संयुक्त आन्दोलन परिचालन समितिको कार्यतालिका अनुसार जिल्ला संघर्ष समिति आजैदेखि विरोध प्रदर्शनसहित अनिश्चितकालीन पसल बन्दको घोषणा गर्दै चरणबद्ध आन्दोलनमा उत्रेको संयोजक सुरत सुनारले बताए । सरकारले माग पुरा नगरेसम्म निरन्तर संघर्ष गर्ने उनले बताए । 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज