एसइईको नतिजा सार्वजनिक, १२६ जना परीक्षार्थीको परीक्षा रद्द
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१ दशमलव ८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् भने १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । उनका अनुसार एक लाख ६७ हजार ५९७ विद्यार्थी नतीजा अवर्गीकृत भएका छन् ।
विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ चार लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागि भएका थिए । गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा नियमित र ईक्जामटेडतर्फ गरी करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
परीक्षाको नतिजासम्बन्धी विवरण एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट हेर्न सकिन्छ।...













