Advertisement

शुक्रबारदेखि शुक्लाफा“टा पर्यटन महोत्सव लाग्ने, महोत्सवअवधिभर नेचरगाईडको ५० प्रतिशत खर्च भीमदत्त नगरपालिकाले तिर्ने

महेन्द्रनगर – ८ औ शुक्लाफाँटा पर्यटन महोत्सव शुक्रबारदेखि लाग्ने भएको छ । कञ्चनपुरको आन्तरीक पर्या–पर्यटन प्रर्बद्धन गर्ने उदेश्यकासाथ फागुन ९ गते शुक्रबारदेखि भीमदत्त नगरपालिकाको आयोजनामा शुक्लाफाँटा पर्यटन महोत्सव हुन लागेको हो ।


भीमदत्त नगर पर्यटन विकास समितिले महोत्सवको तयारी तिव्र रुपमा भईरहेको कुरा पत्रकार सम्मेलनमार्फत सोमबार जानकारी गराएको छ । भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विगतका बर्षहरु जस्तै यस बर्षपनि नगरपालिकाले शुक्लाफाँटा पर्यटन महोत्सव मनाउन लागेको बताउनुभयो । उपाध्यक्ष केसीका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापनाको अवसर पारेर कञ्चनपुरको पर्यापर्यटन प्रर्बद्धनका लागि सरोकारवालासंग समन्वय गरेर महोत्सवको आयोजना गरिएको छ ।
भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले एक सातासमम संञ्चालन हुने महोत्सवमा अरुबर्षभन्दा यसबर्ष फरक खासै नभएतापनि शुक्लाफाटा घुम्ने पर्यटकको लागि नेचर गाईडको लाग्ने पचास प्रतिशत खर्च नगरपालिकाले व्यहोर्ने बताउनुभयो । ‘यस पालि पनि विगत बर्षझै शुक्लाफाटा महोत्सव मनाउन लागेको छौ,’ उपाध्यक्ष केसीले भन्नुभयो ‘यस बर्ष महोत्सव अवधिभरमा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकका लागि नेचर गाईडमा लाग्ने पचास प्रतिशत रकम नगरपालिकाले बेहोर्नेछ , जसका कारण आन्तरीक पर्यटनमा बढोत्तरी हुने आशा लिएकाछौ ।’
महोत्सव विगत बर्षझै सात दिनसम्म मनाईने छ भने उसैगरी महोत्सवका हरेक दिन अलग अलग कार्यक्रम रहेका छन । पहिलो दिन सुदूरपश्चिमको लोक सस्कृति झल्किने गरेर झाँगी प्रर्दशन, दोस्रो दिन निकुञ्जभित्र भारतीय पत्रकार सहितका सरोकारवालाहरुलाई भ्रमण, तेस्रो दिन एयरपोर्टदेखि निकुञ्जसम्म सरसफाई, चौथो दिन डिजिटल मार्फत निकुञ्जको प्रचारप्रसार, पाचौँ दिन निकुञ्ज सम्बन्धी निबन्ध प्रतियोगिता, छैटौँ दिन पर्यटन बारे सरोकारवालासंग छलफल र सातौँ दिन निकुञ्जका कर्मचारी र भीमदत्त नगरका जनप्रतिनिधीविच मैत्रीपुर्ण फुटबल प्रतियोगिता राखेर समापन गरिने कार्यतालिका रहेको छ ।
उपाध्यक्ष केसीले सुदूरपश्चिम प्रदेशस्तरीय मेलामा आउने कलाकारहरुलाई उद्योग बाणिज्य संघको समन्वयमा शुक्लाफाटामा घुमाउने बताउनुभयो । ‘१२फागुनदेखि महेन्द्रनगर खुला मञ्चमा हुने महोत्सवमा आउने राष्ट्रिय कालाबारहरुलाई निकुञ्ज अवलोकन गराईनेछ, ‘उपाध्यक्ष केसीले भने, ‘यसरी राष्ट्रिय कलाकार निकुञ्ज अवलोकन गराएपछि उहाँहरुबाट समेत थप प्रचारप्रसार हुनेछ ।’
भीमदत्त नगरका नगर प्रवक्ता पदमराज अवस्थीले पर्यटकीय सम्भावना बोकेका निकुञ्जमा पर्यटनको संख्या बृद्धि गर्दै यहाँको आर्थिक बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । प्रवक्ता अवस्थीले कञ्चनपुरकै हितका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज