Advertisement

वेदकोट नगरपालिकाले पिएचडि गर्नेलाई एक लाख प्रोत्साहन सहित ९८ करोड ६५ लाख रुपयाको बजेट ल्यायो

महेन्द्रनगर–कञ्चनपुरको वेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ९८ करोड ६५ लाख २१ हजार ९ सय ५६ रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
मंगलबार नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा आयोजित १७ औँ नगर सभामा उपप्रमुख तुलसी जोशीले बजेट प्रस्तुत गरेका थिए । आर्थिक बर्ष २०८२÷८३मा नगरपालिकाले विभिन्न महत्त्वाकांक्षी योजनाहरू अघि सारेको छ। यसमध्ये विद्यावारिधि(पीएचडी) गर्ने स्थानीय बासिन्दालाई १ लाख रुपैयाँ नगद प्रोत्साहन दिने महत्त्वपूर्ण घोषणा गरिएको छ। यो कार्यक्रमले उच्च शिक्षालाई प्रोत्साहन गर्ने नगरपालिकाको नीति झल्काउँछ। आगामी आर्थिक वर्षका लागि कुल ९८ करोड ६५ लाख २१ हजार ९ सय ५६ रुपैयाँको बजेटमध्ये चालु खर्चतर्फ ७४ करोड २६ लाख २१ हजार ९ सय ५६ रुपैयाँ र पुँजीगत खर्चतर्फ २४ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

नगरपालिकाको आयका मुख्य स्रोतहरूमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबापत १४ करोड ४६ लाख, राजस्व बाँडफाँडबाट १३ करोड ५ लाख १९ हजार ७७, सशर्त अनुदान चालु तर्फ २६ करोड ३ लाख र पुँजीगत तर्फ १ करोड ४७ लाख रुपैयाँ छन् । यसका साथै, संघीय विशेष अनुदानतर्फ ६९ लाख, संघीय समपूरक अनुदान १ करोड ७३ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३८ लाख २५ हजार, प्रदेश विशेष र समपूरक अनुदान १ करोड २२ लाख, सवारी साधन कर बाँडफाँड ६१ लाख २६ हजार र घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट १ करोड रुपैयाँ आम्दानीको अनुमान गरिएको छ।
नगरपालिकाले आन्तरिक आयस्रोतबाट ४ करोड ५१ हजार ८ सय ७९ रुपैयाँ र चालु आर्थिक वर्षबाट खर्च नभई बाँकी रहने अनुमानित ८ करोड रुपैयाँ आय हुने अपेक्षा गरेको छ। सामाजिक सुरक्षा तथा संरक्षणतर्फ २२ करोड, सडक बोर्डबाट १ करोड र नगर अस्पताल १५ शय्याका लागि २ करोड रुपैयाँको आय अनुमान गरिएको छ।
वेदकोट नगरपालिकाले विगतका गौरवका योजनाहरूलाई निरन्तरता दिँदै नयाँ कार्यक्रमहरू पनि समावेश गरेको छ। प्रमुख कार्यक्रमहरूमा एक विद्यालय एक नर्स कार्यक्रम, आँखा उपचार केन्द्र स्थापना ९दैजीमा०, कोल्ड स्टोर सञ्चालन, अस्थायी करार ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, नगर प्रहरीको व्यवस्थापन, आयुर्वेदिक स्वास्थ्य केन्द्रको स्थापना तथा सञ्चालन र दैनिक ज्यालादारीमा रहेका कर्मचारीहरूलाई मासिक ज्यालादारीमा रूपान्तरण जस्ता विषयहरू रहेका छन्।
नगरपालिकालाई पर्यटकमैत्री बनाउँदै समग्र समृद्धि हासिल गर्ने नगर प्रमुख बोहराले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज