Advertisement

रचनात्मक कार्यको लागी भीमदत्त नगरपालिकामा उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति गठन

दोधारा । भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति गठन भएको छ् । भीमदत्त नगरपालिकाको सभा हलमा आज सम्पन्न भएको उत्थानशील युवा सञ्जाल गठन तथा परिचालन कार्यक्रमले उत्तम सुनारको संयोजकत्वमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । उत्थानशील युवा सञ्जाल गठन तथा सञ्चालन कार्यविधि अनुसार नयाँ कार्य समिति चयन गरिएको छ् । जसमा पुरुष सहसंयोजकमा नरेश बिसि र महिला सहसंयोजकमा मनिषा महता चयन हुनुभएको छ् । त्यस्तै प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरि एक–एक जना सदस्य चयन भएका छन् । जसमा सुशिला खत्री धामी, मञ्जु कुमारी जोशी भट्ट, सौरभ सिाह, दिनेश बिष्ट, सहदेब साँउद, सुमन ओड, रेखा धामी, राधिका कुँवर, ईश्वरी सार्की, रिना थापा, हेमन्ती महर, विरेन्द्र ओड, सिमा सार्की, पञ्कज भट्ट, विवेक साँउद, समिक्षा जैरु र अमर सिंह चौधरी चयन भएका छन् । त्यस्तै एक जना संस्थाबाट प्रतिनिधी सदस्य रहने कार्यविधी अनुसार सदस्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का अनिता लावड चयन हुनुभएको छ् ।

उत्थानशील युवा सञ्जालका संरक्षक तथा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले एनएनएसडब्ल्यूए र नगरपालिकाको सहकार्यमा युवा सञ्जालले स्थानीय सरकारलाई सहयोग पुग्ने गरि आपत–विपद् साथै विकृति र विसंगतीको लागि रचनात्मक क्रियाकलापहरु गर्दै आएको बताउनुभयो । उहाँले नवनिर्वाचित कार्य समितिलाई बधाई दिदै युवा सञ्जालले नयाँ किसिमले अझ बढी रचनात्मक काम गर्ने विश्वास व्यक्त गर्नुभयो । भीमदत्त नगरपालिकाका उपमेयर नीलम लेखक जोशीले गत असारको आरी घोप्टे वर्षामा युवा सञ्जालको सक्रियताले मानवीय क्षतिबाट जोगिएको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तन अनुकुलन, हरियाली प्रवर्धन र विपद् व्यवस्थापनका लागि सञ्जाल गठन गरिएको बताउनुभयो । उपमेयर जोशीले विपद् व्यवस्थापनको क्षेत्रमा युवाहरुको क्षमता वृद्धिका लागि नगरपालिकाले विभिन्न तालिमहरुको व्यवस्थापन गर्ने बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले युवाहरुलाई सामाजिक कार्यप्रति उत्तरदायी तथा जिम्मेबार बनाउन साथै विपद्को समयमा स्व–स्फुर्त रुपमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको सहकार्यमा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र पर्शुराम नगरपालिकामा उत्थानशील युवा सञ्जाल गठन गरिएको बताउनुभयो ।

उहाँले अहिले नगरपालिकाको सहकार्यमा सञ्जालको नयाँ कार्य समिति चयन गरिएको जानकारी दिनुभयो । उहाँले नगरपालिकाको मातहतमा रहेर सञ्जालले स्वतन्त्र रुपमा जलवायु परिवर्तन अनुकुलन, विपद् व्यवस्थापन र अन्य क्षेत्रमा समेत प्रभावकारी रुपमा रचनात्मक क्रियाकलाप गर्ने तर्क गर्दै सहकार्यका लागि एनएनएसडब्ल्यूए सदैब तयार रहेको बताउनुभयो । उत्थानशील युवा सञ्जाल भीमदत्तका नवनिर्वाचित संयोजक उत्तम सुनारले सञ्जालले भीमदत्त नगरपालिकाको विपद् व्यवस्थापन र नगरपालिकाको समग्र हितलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो । उहाँले नगरपालिकाको प्रभावकारी परिचालन साथै एनएनएसडब्ल्यूएको मार्गदर्शन र निरन्तर सहयोगको अपेक्षा गर्दै सञ्जालले सक्रियताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उत्थानशील युवा सञ्जालले जलवायु परिवर्तन अनुकुलन, हरियाली प्रवर्धन, विपद् व्यवस्थापन साथै अन्य सामाजिक क्षेत्रमा रचनात्मक क्रियाकलापहरु गर्दै आएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो...
सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

– रमेश बस्नेत, नेपाल यतिबेला विकासको नयाँ युगमा प्रवेश गरिरहेको दाबी गरिन्छ। संघीयता कार्यान्वयनसँगै देशका विभिन्न कुनाकाप्चासम्म ...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज