Advertisement

माईती नेपालले भारतको विभिन्न शहरमा बेचिएका १४ जना बालबालिका तथा महिलाको उद्दार, एक लाख ७८ हजार ८ सय ९३ जना सेवाग्राहि लाभान्वीत

महेन्द्रनगर–माईती नेपाल कञ्चनपुरले भारतको विभिन्न शहरमा बेचिएका १४ जना नेपाली बालबालिका तथा महिलाको उद्दार गरेको छ । विभिन्न प्रलोभनमा परेर भारतमा बेचिएका १४ जना नेपालीको गएको २०२४ मा माईती नेपालले उद्दार गरेको हो । माईती नेपालले अघिल्लो बर्ष ०२३मा २५ जनाको उद्दार गरेको थियो । उनीहरुलाई भारतको खटिमा, हरियाणा, शाहजहाँपुर, राजिस्थान, मुम्बई, पिथौरागढ, सुरत, दिल्ली, पुना, देहरादुनबाट उद्दार गरी समाजमा पुर्नस्थापना गरीएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । उद्धार गरिएकामध्ये ६ जना कञ्चनपुर, २ जना बझाङ, १ जना कपिलबस्तु, १ जना सिराहा, १ जना धनुषा, १ जना तनहु, २ जना काभ्रेपालाञ्चोकको रहेको संयोजक भट्टले बताउनुभयो ।
संयोजक भट्टका अनुसार बेचविखनमा परेका अधिकांस रोजगारीको प्रलोभनमा परी भारत गएको देखिएको छ । उनीहरु आफन्तबाटै बेचविखनमा परेका छन् । माईती नेपाल कञ्चनपुरले गड्डाचौकी, दोधाराचाँदनी, चारलेन महाकाली पुल सहितका नाकाहरुमा बेचबिखन बिरुद्ध समेतना गराउँदै आएको छ । आईतबार माईती नेपाले पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा माईति नेपाल कञ्चनपुरले गएको एक बर्षअवधिमा दुई सय ९६ जनालाई बेचविखनमा पर्नबाट रोकथाम गरेको तथ्थांक सार्वजनिक गरेको छ । गड्डाचौकी सिमानाकामा १२१ जना, चारलेन पुलमा ३८ जना झोलुङ्गे पुलबाट ३७ जना र अन्य स्थानबाट ७२ जना गरी जम्मा १६८ जनालाई बेचविखनमा पर्नबाट रोकेको उक्त तथ्यांकामा उल्लेख गरिएको छ । त्यसैगरी सिमानाकाबाटै उद्धार गरी पारिवारिक पुनर्मिलन २८ जनाको गरिएको छ ।
सबैभन्दा भन्दा १८ बर्षदेखि ४५ बर्षका महिलाहरु बेचविखनमा परेको माईती नेपाल कञ्चनपुरको तथ्यांकले देखाएको छ । १८ बर्षमुनीका १२५ अर्थात ४७ प्रतिशत र १८बर्ष भन्दा बढी ४५ बर्षमुनीका ५३ प्रतिशत मानिस बेचबिखनमा परिरहेको माईती नेपालको तथ्यांकमा उल्लेख छ । त्यसैगरी बेचविखनमा बेचबिखनका पनि अधिकाँस दलित समुदायकै महिला रहेको पाईएको छ । ३३ प्रतिशत दलित, १२ब्रम्हमण, २९ क्षेत्री, ६ ठकुरी, जनजाती १३ र अन्य ९ प्रतिशत रहेका छन । माईति नेपालले मानव बेचबिखन तथा ओसारपसार बिरुद्धमा सीमा नाकामा ३८ हजार मानिसलाई परामर्स दिएको छ ।

 

सिमानाकाबाट उद्धार गरिएकाको संख्यालाई केलाउदा सबैभन्दा बढि दलित समुदायका महिला बेचविखनको जोखिममा पर्ने गरेको देखिएको छ । उक्त तथ्यांकाका अनुसार दुई सय ६८ जनामध्ये ३३ प्रतिशत दलीत, त्यसपछि क्षत्री समुदायका महिला २९ प्रतिशत, जनजाती १२ प्रतिशत, ब्रामण ११ प्रतिशत, ठकुरीका ६ प्रतिशत र अन्य जनजाती ८ प्रतिशत मानिस रहेका छन् ।
माईती नेपालमा खोजबिनका लागि पनि उजुरी पर्ने गरेका छन् । खोजविनका लागि परेका १७६ निवेदन मध्ये ६०जना फेला परेका छन । ८ हजार ३८९ सवारी साधन सीमा क्षेत्रमा चेकजाँच गरेर २९६ जनाको उद्दार गरिएको छ । माईती नेपालले ३८ हजारलाई परामर्स, ३० हिन्सापीडितको उद्दार, ५७५लाई अनुशिक्षण, १३ हजारलाई सचेतना गरेर ४० हजार ३४३जनासंग प्रत्यक्ष सेवा प्रदान गरिएको छ । ०२४ मा माईती नेपाल कञ्चनपुरले प्रदान गरेको सेवाबाट प्रत्यक्ष÷अप्रत्यक्षरुपमा देशभरकिा एक लाख ७८ हजार ८ सय ९३ जना लाभान्वीत भएका छन् । माईती नेपालले २वटा जबरजस्तीकरणी र १ मानव बेचबिखन बिरुद्धमा मुद्दा चलाएको छ ।

कार्यालयमा दर्ता भएका र अन्य पीडित परिवारबाट आएको सुचनाका आधारमा जोखिमामा परेका मानिसको उद्दार गर्दै परिवारको जिम्मा लगाउँदै आएका छौँ, ‘संयोजक भट्टले भनिन, ‘हिन्सा अन्य जोखिममा परेका महिलालाई पुर्नस्थापना गृहमा राखेर सीपमुलक तालिमका लागि पठाउँछौँ ।’

पछिल्लो समय प्रविधिमा आएको विकास तथा परिवर्तनले गर्दा मानव बेचबिखन रोकथाममा बिभिन्न चुनौती थपिएको संयोजक भट्टले बताउनुभयो । ‘मानव बेचविभन नजिककै व्यक्ति आफन्तबाट हुने, स्वयम जोखिममा परेका व्यक्तिबाट झुटा विवरण पेश हुने मानव तस्करले नयाँ नयाँ तरिका अपनाउने र प्रविधिकीको दुरुपयोगले मानव बेचबिखन रोकथामका लागि चुनौती थपिदै गएएको छ,’ संयोजक भट्टले भन्नुभयो । गरिबी, बेरोजगारी, खुला सीम नाका मोबाईल फोन, समाजिक सञ्जालको दुरुपयोग, घरेलु हिन्सा, देखासिकी, नक्कली कागजात प्रयोग, आफ्नै घरपरिवार, साथिभाई, सीमापार गराउन चिनजान एव जानेकै मान्छेको प्रयोगले मानव बेचबिखनका घटना नरोकिएको संयोजक भट्टले बताउनुभयो ।

संयोजक भट्टले मानव बेचबिखन रोकथामका लागि सीमावर्ती क्षेत्रमा सचेतनामुलक कार्यक्रम संचालन, किशोर,किशोरीलाई विद्यालय स्तरमा अनुशिक्षण, नेपाल भारत दुवै देशका सरोकारवालासंग छलफ गर्दैै सुरक्षात्मक समुदायका सचेतना, समन्वय सहकार्य तथा सहयोग कार्यक्रम गरिएको संयोजक भट्टले बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज