Advertisement

महेन्द्रनगर खुलामञ्चमा मनोरञ्जन तथा साँस्कृतिक मिनी मेला सुरु

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा मनोरञ्जन तथा साँस्कृतिक मिनी मेला सुरु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा शुक्रबारदेखि ‘पर्यटन, संस्कृति खेल र व्यापार सुदूरपश्चिमको आधार’ भन्ने मुल नाराका साथ सुदूरपश्चिम समावेसी अपाङ्गता संघको आयोजनामा मनोरञ्जन तथा साँस्कृतिक मिनी मेला सुरु भएको हो ।
मेलाको समुद्धघाटन भीमदत्त नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुशिल भट्टले रिवन काटेर गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि रहेका उनले मेलाको उद्धघाटन सत्रमा बाल्दै मेलाले व्यवसायीक क्षेत्रलाई टेवा पुग्ने बताए । ‘यसमा हामी सबैले सक्दो सहयोग गर्नेछौ,’ वडा अध्यक्ष भट्टले भने, ‘मेलाले भीमदत्त नगरपालिकामा व्यवसायीक क्षेत्रलाई टेवा पुग्ने अपेक्षा गरेका छौ, त्यस कारण पनि सबैले मेलाको अवलोकन गर्नुहोला ।’
सुदूरपश्चिम समावेसी अपाङ्गता संघका अध्यक्ष उपेन्द्र खडायतले सूदूरपश्चिमको कला, संस्कृति सरक्षणका लागि आयोजना गरिएको मेलामा विद्यार्थीहरुलाई रु ५० र सर्वसाधारणतर्फ रु १०० को टिकटको व्यवस्था गरीनुका साथै मेला भित्र रहेका मनोरन्जनात्मक बाल उद्यान लगायतमा पनि विद्यार्थीलाई ५० र सर्वसाधारणका लागि १०० रुपया टिकटको मुल्य तोकिएको बताए ।
उद्धघाटनको दिन मेलामा विनोद परिवारले प्रस्तुति राखेका थिए । मेलाको दोस्रो दिन बहुचर्चित डेउडा गायिका ईब्सल सञ्ज्याल को बेजोड प्रस्तुतिका साथै नाम चलेकी बेली डान्सर रोसनीको प्रस्तुती रहेको आयोजकले जानकारी दिएको छ । मेलाका साँस्कृतिक संयोजक करन पालले स्थानीय एव राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने बताएका छन् ।

 

कलाकारहरु एलिना चौहान, ज्योती मगर, प्रिती आले,टंक तिमिल्सेना, जिबब, चक्र बम, वद्री प्रगेनी, रामजी खाण, खुमन अधिकारी, टिका पुना, रमेशराज भट्टराई, लालबहादुर धामी अछामी बड्डोलगायतका कालकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । स्थनीय खानाका स्टलसंगै थारु खानाका परिकार ढिक्री, चिचर, घोंघी, पकुवा र अन्य परिकारहरूको स्वाद लिन पाईने संयोजक खड्काले बताए ।
मेलामा विभिन्न व्यवसायीक बस्तु तथा सेवाका २५ भन्दा बढि स्टल ररहेका छन् । प्रति एक टिकेट बिक्रि बाफत नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई अक्षष कोष बनाउन २रुपैया, अपाङ्गताको हित सरक्षणका लागि २ रुपैया छुट्याईनुका साथै क्रिकेटको बृद्धि विकासका लागि क्रिकेट संघलाई नै पार्किङ्ग जिम्मा दिई सो बाफतको रकम क्रिकेट संघलाई नै दिईने संयोजक खडायतले बताए । मेलाको पुर्ण म्यानेजमेन्टको जिम्मेवारी भावना एम्युजमेन्ट प्रालिलाई दिईएको छ । मेला २९साउन सम्म सञ्चालन हुनेछ ।

सुदूरपश्चिम समावेसी अपाङ्गता संघको आयोजना, भावना एम्युजमेन्ट प्रालिको व्यवस्थापिक र भीमदत्त नगरपालिका स्थानीय सरकारको सरक्षकत्वमा साँस्कृतिक मेला भईरहेको छ । उज्यालो बत्तिले सजिएको, रमाइलो स्टलहरू र परम्परागत प्रस्तुतिले भरिएको महेन्द्रनगरको रात्रिकालीन महोत्सवमा एक फरक अनुभव गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

उद्धव सिंह - इतिहास केवल पुस्तकका पानाहरूमा सीमित हुँदैन; यो शिलामा कुँदिएका अक्षरहरू, माटोभित्र गाडिएका अवशेषहरू र पुर्खाहरूले छो...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज