Advertisement

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर – एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ। सेन्टरबाट ग्राहकहरूले एनसेलका सबै ग्राहक सेवा तथा सुविधाहरू लिनुका साथै मोबाइल फोनलगायत विभिन्न एसेसरीहरु किन्न सक्छन् । स्थानीय व्यवसायलाई बढवा दिन ‘लोकल्ली ओन्ड, पावर्ड बाइ एनसेल’ थिममा यो सेन्टर सञ्चालनमा आएको हो । यहाँ ग्राहकहरूले सिम कार्ड परिवर्तन, ई–सिम एक्टिभेसन, केवाईसी अपडेट, बिल भुक्तानी लगायत सम्पूर्ण ग्राहक सेवाहरू लिन सक्छन् ।

बिहीबार एक विशेष समारोहकाबीच भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले उक्त स्टोरको उद्घाटन गरेका हुन्। बोगटीले आफ्नो मन्तब्यकका क्रममा एनसेलले उपलब्ध गराएको सेवाको प्रशंसा गर्दै स्टोर पुनः सञ्चालनमा आउनुले स्थानीयहरूलाई थप सहज रूपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे। “हालसालै म भारत गएको थिए। त्यहाँ एनसेलको रोमिङ सेवा निकै राम्रो रहेछ। स्थानीय रूपमा सेवा विस्तार हुनु निकै प्रशंसायोग्य छ,” उनले भने।

कार्यक्रममा नगरपालिका उपप्रमुख नीलम लेखक जोशी,  एनसेलकी कर्पोरेट कम्युनिकेसन, ब्राण्ड, मार्केटिङ एन्ड सस्टेनेबिलिटी डाईरेक्टर विशाखा लक्ष्मी खड्का र कस्टमर सर्भिस अपरेसन डाईरेक्टर ज्योति दाहालको पनि उपस्थिति रहेको थियो। एनसेल फ्रान्चाइज सेन्टरको नाममा पनि चिनिने यस सेन्टरले ग्राहकहरूलाई थप सहज, विश्वसनीय र प्रिमियम अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

महेन्द्रनगरको मदन चोकमा आयोजना गरिएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कस्टमर सर्भिस अपरेसन डाईरेक्टर ज्योति दाहालले स्थानीय व्यवसायीसँग हातेमालो गर्दै स्टोर सञ्चालनमा ल्याइएको र अब एनसेल स्टोरबाट डिभाइस देखि एसेसरी सबै एकै स्थानमा प्राप्त गर्न सकिने बताइन।

“स्थानीय रूपमा हामी सधैँ हाम्रा साझेदारहरूसँग जोडिएका थियौँ। यसलाई अझै बलियो बनाउनका लागि हामीले यो अवधारणा अन्तर्गत काम गर्न सुरु गरेका हौँ। यसले हामीलाई स्थानीय समुदायसँग पनि अझ नजिक ल्याउने विश्वास हामीले लिएका छौँ,” दाहालले भनिन्। “हामी महेन्द्रनगरका ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न पाउँदा अत्यन्त खुसी छौँ।”

त्यस्तै कम्पनीका पछिल्ला कदमले नेपाली बजारप्रति एनसेलको प्रतिबद्धता झल्काएको एनसेलकी कर्पोरेट कम्युनिकेसन, ब्राण्ड, मार्केटिङ एन्ड सस्टेनेबिलिटी डाईरेक्टर विशाखा लक्ष्मी खड्काले बताइन् । “नयाँ अवधारणासहित सञ्चालनमा आएको हाम्रा सेन्टरहरूले ग्राहकलाई थप सहजता र सुविधा प्रदान गर्ने एक महत्त्वपूर्ण कदम हो । स्थानीय स्तरका व्यवसायीसँग मिलेर हामीले ग्राहकहरूलाई नजिकबाट सेवा दिने लक्ष्य राखेका छौँ।”

यसअघि बुधवार एनसलेले धनगढीमा पहिलो फोफो सेन्टर सञ्चालनमा ल्याएको थियो।

स्थानीय व्यवसायी र उनीहरूसँगको साझेदारीलाई प्रोत्साहन दिँदै भविष्यमा पनि यस्ता स्टोरहरू सञ्चालनमा ल्याउने योजना रहेको एनसेलले जनाएको छ । यसले ग्राहकहरूलाई एकै स्थानबाट धेरै सेवा उपलब्ध गराउने र स्थानीय व्यवसायीलाई समेत सहयोग गर्ने विश्वास लिइएको छ । त्यस्तै कम्पनीले पछिल्लो समय आफ्नो मोबाइल एप केन्द्रित भएर सञ्चालन ल्याएका योजना लगायतका विषयबारे समेत ग्राहकले थप जान्न चाहेको कुरा आफ्नै नजिकको स्टोरबाट प्राप्त गर्न सक्ने हुँदा यसले कम्पनी र ग्राहकबिचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुर्‍याउने छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज