Advertisement

मलेरिया नाला पक्की तटबन्ध निमार्ण कार्यको मेयर लिम्बुद्धारा अनुगमन, निमार्ण कार्य अन्तिम चरणमा

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी मलेरिया नालामा निमार्णधिन अवस्थामा रहेको पक्की तटबन्धको स्थलगत अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– २ मा रहेको मलेरिया नालामा निमार्ण क्रममा रहेको पक्की तटबन्ध निमार्ण कार्यको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र वडाध्यक्ष पदम रावलले स्थलगत अनुगमन गर्नुभएको छ् । वर्षायामा मलेरिया नालामा पानीको बहाव उच्च भएपछि नाला नजिक बस्ने स्थानियबासीहरुको खेतवारी र घरमा पानी पस्दा घर छाडेर अन्यत्र स्थानमा आश्रय लएर बस्नु पर्ने अवस्थालाई मध्यनजर राख्दै शुदुरपश्चिम प्रदेश सरकार र दोधारा चाँदनी नगरपालिकाको सयुक्त लगानीमा तटबन्ध निमार्ण कार्यलाई अघि बढाईएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

गत वर्ष शुदुरपश्चिम सरकार र दोधारा चाँदनी नगरपालिकाको रु. २ करोड म्याचिङ फण्डबाट मलेरिया नालामा ९ सय मिटर पक्की निमार्ण भएको र चालु आर्थिक वर्षमा प्रदेश सरकार र नगरपालिकाको सयुक्त लगानीमा रु. ८८ लाख बराबरको झण्डै २ सय ७३ मिटर पक्की तटबन्ध निमार्ण कार्य सुचारु भईरहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । जनताको आवश्यकता अनुसार बिभिन्न खाले योजनामा नगरपालिकाले संघिय सरकार प्रदेश सरकार संग हातेमालो गर्दै योजना बनाउदै आएको नगर प्रमुख लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले मलेरिया नालामा यस वर्ष निमार्ण भईरहेको पक्की तटबन्ध निमार्ण अन्तिम चरणमा पुगेको बताउनुभयो ।

वर्खाायाममा मलेरिया नालामा पानीको बहाव उच्च भई स्थानियबासीहरुलाई बिचल्ली बनाउदै आएको हुदा नगरपालिकाले गत वर्ष देखि प्रदेश सरकार संग समन्वय गरि पक्की तटबन्ध निमार्ण कार्य अघि बढाउदै आएको वडाध्यक्ष पदम रावलले बताउनुभयो । पक्की तटबन्ध निमार्णले वडामा रहेको झण्डै ५ सय बढी घरधुरी लाभान्भित हुने वडाध्यक्ष रावलले बताउनुभयो । मलेरिया नालाका आसपास बस्तीलाई सुरक्षित राख्न थप पक्की तटबन्ध निमार्ण कार्य गर्नु पर्ने भएको हुदा प्रदेश सरकार र संघिय सरकार संग माँग राख्दै आएको उहाँको भनाई रहेको छ् ।

मलेरिया नालाका छेउछाउको बस्ती जोगाउन नगरपालिकाले पक्की तटबन्ध निमार्ण कार्य थाले संगै स्थानियबासीहरुमा खुशीयाली छाएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १...
श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

कञ्चनपुर - कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार...
नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

समाज प्रति मेरो मनको पीडा र आग्रह रमेश बस्नेत, कञ्चनपुर आज दोधारा चाँदनी नगरपालिकाको एक सचेत नागरिकको हैसियतले जब म आफ्नो सम...
महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महेन्द्रनगर – कञ्चनपुरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले स्वास्थ्य सेवा तथा प्राविधिक जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

महेन्द्रनगर - उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार वैजनाथ माविको सभाहलमा उत्तम चन्द स्म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज