Advertisement

भुमि आयोग कन्चनपुरद्वारा स्थानीयतह संग छ्लफल

महेन्द्रनगर – भुमि समस्या समाधान आयोग जिल्ला समिति कन्चनपुरले स्थानीयतह हरु संग छलफल गरेको छ । मंगलवार महेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आयोगले जिल्ला स्थित पालिका प्रमुखहरु संग भुमि सम्बन्धि समस्या समाधानका लागि छलफल गरेको हो ।

भुमिहिनहरुको पहिचान देखि लिएर प्रमाणीकरण गर्ने कार्यस्थानीयतह हरुको रहेकाले पालिका प्रमुखहरुलाई वास्तविक भुमिहिनहरुलाई नछुटाउन सहभागीहरुले आग्रह गरेका छन् ।

कुनै अवस्थामा भने भुमिहिनहरुले जग्गा वितरणमा समस्या हुने आयोग कंचनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले जनाए ।

धार्मिक, सास्कृतिक, नदि खोला नहर , निकुञ्ज तथा सरक्षित जमिनमा बसेको भए त्यहाको जमिन नपाइने व्यवस्था रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले बेदकोट नगरपालिकामा १९ सय हेक्टर बढी जग्गा नापजाँचको कार्य भएको बताए ।
उनले अझै केहि वडाको जग्गा नापजाँचको कार्य बाकी रहेको बताए ।
बेदकोटमा ९ हजार ५३२ जना भुमिहिन , अव्यवस्थित बसोबासी रहेका छन् ।

स्थानीय सेवा केन्द्र बेदकोटका संयोजक केशव दत्त भट्टले नगरपालिकामा जग्गा नापीको कार्य लगभग अन्तिम चरणमा पुगेकाले भुमिहिन हरुले छिट्टै जग्गा पाउनुपर्ने बताए ।

२०७७ माघ देखी नापीको कार्य सुरु भएकोमा अहिलेसम्म २ करोड ४७ लाख खर्च भएको पनि उनले बताए ।

यस्तै, बेलौरी नगरपालिकामा ५ हजार ६०६ भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् ।

यस्तै कृष्णपुर नगरपालिकामा १६ हजार १२५ भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् । बेलडाँडीमा ४ हजार ७५५ जना भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् ।
यस्तै, पुनर्वास नगरपालिकामा ८ हजार ४०६ जना भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् ।

लामो समयदेखी जिल्लामा भुमी सम्बन्धि समस्या जगडीएर बसेकाले भुमिहिनका समस्या समाधान गरिनुपर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष लक्ष्मी बुढाले पटकपटक भुमी आयोग बन्ने गरेकाले भुमी समस्या समाधान गरेर अगाडि बढ्नु पर्ने बताइन् ।

नेपाली काङ्ग्रेसका नेता भिमराज भट्टले आयोगले समयमै भुमिहिनहरुका हातमा लालपुर्जा पुगाउन अनुरोध गरे ।

कार्यक्रममा बोल्दै निडस नेपालका भवराज रेग्मीले समयमै भुमिहिनहरुका समस्या समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले
आयोगले तोकिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्द्ता जनाए । समितिलाई आवस्यक पर्ने जनशक्ति उपलब्ध गराउने उनले प्रतिवद्द्ता जनाए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री
वीर बहादुर थापाले भुमि समस्या समाधान गर्न सबै तह तप्काबाट इमानदारी पुर्वक लाग्नुपर्ने र प्रदेश सरकारले आवस्यक सहयोग गर्ने प्रतिवद्द्ता जनाए ।

भुमिहिनहरुलाई ग्रामीण क्षेत्रमा एक कट्टा (३४० बर्ग मिटर) र ग्रामीण भेगमा ७.७ धुर ( १३० वर्ग मिटर) जग्गा दिनुपर्ने सरकारले ऎनमा व्यवस्था गरेको छ ।

जिल्लामा हाल सम्म ७२ हजार ९ सय ३० जना भुमिहीन सुकुम्बासी रहेका छन् । कार्यक्रममा सहभागीहरुले यस आयोगलाई अन्तिम आयोग बन्न पनि आग्रह गरे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज