भुमि आयोग कन्चनपुरद्वारा स्थानीयतह संग छ्लफल
महेन्द्रनगर - भुमि समस्या समाधान आयोग जिल्ला समिति कन्चनपुरले स्थानीयतह हरु संग छलफल गरेको छ । मंगलवार महेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आयोगले जिल्ला स्थित पालिका प्रमुखहरु संग भुमि सम्बन्धि समस्या समाधानका लागि छलफल गरेको हो ।
भुमिहिनहरुको पहिचान देखि लिएर प्रमाणीकरण गर्ने कार्यस्थानीयतह हरुको रहेकाले पालिका प्रमुखहरुलाई वास्तविक भुमिहिनहरुलाई नछुटाउन सहभागीहरुले आग्रह गरेका छन् ।
कुनै अवस्थामा भने भुमिहिनहरुले जग्गा वितरणमा समस्या हुने आयोग कंचनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले जनाए ।
धार्मिक, सास्कृतिक, नदि खोला नहर , निकुञ्ज तथा सरक्षित जमिनमा बसेको भए त्यहाको जमिन नपाइने व्यवस्था रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले बेदकोट नगरपालिकामा १९ सय हेक्टर बढी जग्गा नापजाँचको कार्य भएको बताए ।
उनले अझै केहि वडाको जग्गा नापजा...











