Advertisement

बेलौरीमा नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान, सात बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर

महेन्द्रनगर– बेलौरी नगरपालिकाले नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको छ ।

“म स्वस्थ, मेरो समुदाय स्वस्थः स्वस्थ बेलौरी, समृद्ध बेलौरी” भन्ने नारा सहित आइतबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, शिक्षक, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, महिला समूह, कृषि समूह, भलमन्सा तथा बाल क्लब लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधि सहभागी भएका छन् । कार्यक्रममा सहभागीहरूले नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि व्यक्तिगत, संस्थागत तथा सामूहिक रूपमा सातबुँदे प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरेका छन् ।

 

प्रतिबद्धतामा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बहिष्कार, नुन–चिनी–तेलको प्रयोग घटाउने, जंक फुड निरुत्साहित गर्ने, नियमित व्यायाम तथा योगलाई प्रोत्साहन गर्ने, मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्ने, मोबाइल तथा स्क्रिनको अत्यधिक प्रयोग नियन्त्रण गर्ने, बजारमा अखाद्य तथा म्याद नाघेका वस्तुको बिक्री रोक्ने तथा सडक सुरक्षाका लागि ट्राफिक नियम कडाइका साथ पालना गराउने विषय समेटिएका छन् ।

 

कार्यक्रमको अध्यक्षता जोगराम चौधरीले गरेका थिए । उनले पछिल्लो समय अस्वस्थ खानपान र बदलिँदो जीवनशैलीका कारण मानिसहरूमा नसर्ने रोगको जोखिम तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै सबै नागरिक सचेत हुनुपर्ने बताए ।
उनले भने, “हाम्रो नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विभिन्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वस्थ नगर निर्माण गर्ने अभियानमा हामी दृढतापूर्वक जुटेका छौँ । यस अभियानलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग आवश्यक छ ।”

बेलौरी नगरपालिका स्वास्थ्य शाखाका सीअहेव मानबहादुर चन्दले कार्यक्रमको उद्देश्य समुदायमा नसर्ने रोगबारे जनचेतना अभिवृद्धि गर्नु, नियमित स्वास्थ्य परीक्षण तथा स्क्रिनिङलाई प्रोत्साहन गर्नु र स्वस्थ जीवनशैली अपनाउन सबै सरोकारवालालाई प्रतिबद्ध गराउनु रहेको बताए ।

 

उनले व्यक्तिले आफ्नो स्वास्थ्य राम्रो राख्न सके मात्र परिवार, समुदाय र राष्ट्रको स्वास्थ्य पनि सुदृढ बन्न सक्ने उल्लेख गर्दै अभियानलाई नगरव्यापी रूपमा विस्तार गरिने जानकारी दिए । साथै बेलौरी नगरपालिकालाई निकट भविष्यमा क्षयरोगमुक्त नगर घोषणा गर्ने तयारी भइरहेको पनि बताए ।

 

कार्यक्रमका मुख्य प्रशिक्षक सिद्धराज भट्टले नसर्ने रोगको बढ्दो जोखिमबारे तथ्यांकसहित प्रस्तुति दिएका थिए । उनका अनुसार हरेक १०० जनामध्ये करिब ३० जनाको मृत्यु मुटु तथा रक्तनलीसम्बन्धी नसर्ने रोगका कारण हुने गरेको छ ।

 

उनले अस्वस्थ खानपान, धूमपान, मद्यपान, शारीरिक निष्क्रियता तथा तनावपूर्ण जीवनशैलीले नसर्ने रोगको जोखिम झन् बढाइरहेको बताए । समयमै स्वास्थ्य परीक्षण, सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ बानीको विकास गर्न सके यस्ता रोगबाट बच्न सकिने उनको भनाइ थियो ।

 

बेलौरी नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाले गरेको थियो । अभियानले बेलौरी क्षेत्रमा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्दै नसर्ने रोगको जोखिम न्यूनीकरण र स्वस्थ समुदाय निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

 

साझा प्रतिबद्धताहरू :
१ सुर्तीजन्य र मदिराजन्य पदार्थको बहिष्कृतस् नसर्ने रोग ९क्यान्सर, मुटु र कलेजोको रोग० को मुख्य कारण सुर्ती, चुरोट, गुट्खा र मदिरा भएकाले हामी आजबाट यस्ता पदार्थको सेवन गर्ने छैनौँ र आफ्नो परिवार, समाज तथा बजार क्षेत्रलाई समेत यसको लतबाट मुक्त गराउन दृढ संकल्प गर्दछौँ ।
२ स्वच्छ र सुधारिएको भान्सास् रोगको मुख्य जड भान्सा भएकाले खानामा नुन, चिनी र तेलको प्रयोग न्यून गर्ने, एक पटक प्रयोग भएको तेल दोहोर्‍याएर प्रयोग नगर्ने र पत्रु खाना ९व्गलप ँययम० लाई पूर्ण रूपमा निरुत्साहित गर्नेछौँ ।
३ शारीरिक सक्रियता र योगस् आफैँबाट सुरुवात गर्दै आफ्नो परिवार र समुदायलाई नियमित व्यायाम, खेलकुद, योग र ध्यानमा लाग्न तथा वर्षमा कम्तीमा एक पटक नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहित गर्नेछौँ ।
४ मानसिक स्वास्थ्य र सकारात्मकतास् मानसिक र शारीरिक स्वास्थ्य एकअर्काका परिपूरक भएकाले समाजमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना जगाउँदै, मानसिक समस्या भएका व्यक्तिहरू प्रति हुने सामाजिक लाञ्छना र विभेदको अन्त्य गर्नेछौँ ।
५ सन्तुलित मोबाइल प्रयोग स् शारीरिक निष्क्रियता र अनिद्रा जस्ता समस्या कम गर्न बालबालिका तथा युवाहरूमा मोबाइल र स्क्रिनको अत्यधिक प्रयोगलाई नियन्त्रण गर्दै ‘प्रविधि उपवास’ (डिजिटल विश्राम) लाई बढावा दिनेछौँ ।
६ स्वस्थ र मर्यादित बजार स् बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य वस्तुहरूको बिक्री रोक्न नियमित अनुगमन गर्नेछौँ र १८ वर्ष मुनिका बालबालिकालाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री नगर्ने नियम कडाइका साथ पालना गराउनेछौँ ।
७सडक सुरक्षा र कानुन कार्यान्वयन स् दुर्घटना र नसर्ने रोग दुवैको साझा दुश्मन मदिरा र लागुपदार्थ भएकाले, प्रहरीको सक्रियतामा ‘मापसे’ र ‘लापसे’ चेकिङलाई कडा बनाउँदै ट्राफिक नियमको पूर्ण पालना मार्फत सडक सुरक्षा कायम गर्नेछौँ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज