Advertisement

पिपिआर रोगविरुद्ध खोपकार्य सम्बन्धी खोपकर्ताहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न

महेन्द्रनगर : महेन्द्रनगरमा पिपिआर रोग विरुद्ध खोप कार्य सम्बन्धी खोपकर्ता(भ्याक्सिनेटर) हरुका लागि एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको आयोजनामा उक्त गोष्ठि सम्पन्न भएको हो । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख श्याम सिंह खड्काको अध्यक्षता सम्पन्न भएको उक्त गोष्ठिमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. पान सिंह ठगुन्ना प्रमुख अतिथी रहनु भएको थियो । त्यसैगरी विशिष्ठ अतिथिमा पशु रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा.नरेश जोशी रहनु भएको थियो ।

कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास कार्यालयका निर्देशक ठगुन्नाले कार्यपत्र प्रस्तुत गर्दै पशुहरुमा खोप लगाउनुको महत्व, पशुहरुलाई महामारी रोगबाट बचाउन प्रदेश सरकारको भूमिका, पशुजन्य उत्पादनको निर्यातमा रोगमुक्त पशुजन्य उत्पादनको आवश्यकता रहेको बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा पशु रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. जोशीले खोपलाई प्रभावकारी ढंगले कृषकको गोठसम्म पु¥याउने र उपयुक्त ढंगले खोप लगाउने तथा भ्याक्सिनको सुरक्षित राख्ने र कोल्डचेन मेन्टेन कसरी गर्ने भन्ने विषयमा सहभागिहरुलाई जानकारी दिनु भएको थियो ।

मंगलबारबाट जिल्लाका सबै स्थानीय तहहरुमा साताव्यापि कार्यक्रम सञ्चालन गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख खड्काले बताउनु भयो । उहाँका अनुसार साताभरीमा प्रत्येक पालिकाको वडा वडामा गएर पशुहरुलाई पिपिआर विरुद्धको खोप लगाईने छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका अनुसार गाई भैसी तथा बाख्रामा लाग्ने खुरेत रोग निर्मुल गर्नको लागि खोप अभियान सञ्चालन गरीएको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज