Advertisement

पशुस्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको प्रथम निर्वाचन अन्तर्गत मतदान हुदै

महेन्द्रनगर–पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‍को प्रथम निर्वाचन अन्तर्गत मतदान भईरहेको छ । आज(शुक्रबार) विहान ८ बजेदेखि मतदान सुरु भएको थियो । मतदान बेलुका ४ बजेसम्म जारी रहनेछ । यस निर्वाचनबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‍को उपाध्यक्ष १ जना, महिला सदस्य २ जना, खुला सदस्य २ जना र प्रत्येक प्रदेशबाट एक÷एक जना(जम्मा ७ जना) गरी जम्मा १२ जना निर्वाचित हुनेछन ।
उपाध्यक्ष पदका लागि काजी बहादुर श्रेष्ठ, लोकराज भुषाल तथा राम प्रसाद मेहताको बिचमा प्रतिस्पर्धा रहेको छ भने महिला सदस्यहरुमा चिना कुमारी लामा दिलमाया श्रेष्ठ, उमा बन्झाडे र गीता धमला बिच प्रतिस्पर्धा भईरहेको हो । त्यसैगरी खुला सदस्य तर्फ विभिन्न १२ जना प्रत्याशी रहेका छन् ।

 

प्रदेश सदस्य तर्फ कोशी बाट ३ जना मधेश प्रदेश बाट ४ जना, बागमतीबाट ३ गण्डकीबाट ४ लुम्बिनी बाट २ कर्णाली बाट ३ र सुदूरपश्चिमबाट २ गरी जम्मा २१ जना चुनावी मैदानमा उत्रिएका छन् ।
सुदूरपश्चिमबाट धन बहादुर चौधरी तथा लाल बहादुर बोहरा बिच प्रतिस्पर्धा भइृरहेको हो । परिषद्को निर्वाचनमा हालसम्म दर्ता भएका १३ हजार एक सय ३ जना दर्तावाल पशु स्वास्थ्य तथा पशु सेवा व्यासायी मतदाता रहनेछन् । सुदूरपश्चिम प्रदेशमा १ एक हजार ७ सय ८६ मतदाता रहेका छन् ।

 

 

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ बमोजिम परिषद्का १९ जना सदस्य मध्ये अध्यक्ष रजिष्ट्रार लगायत विश्व विद्यालय, सिटिइभिटी, नेपाल पशु चिकित्सा परिषद् तथा मन्त्रालयबाट प्रतिनिधित्व हुने अन्य पाँच जना सदस्यहरुको नियुक्ती नेपाल सरकारले गर्ने प्रावधान रहेको छ । परिषद्को निर्वाचनका लागि एक प्रदेशमा एक मतदान केन्द्र राखिएको छ । प्रत्येक मददान केन्द्रमा मतदान जारी रहेको छ । मतदान केन्द्र प्रदेश सदरमुकाममा रहने व्यवस्था छ । जस अनुसार कोशीको विराटनगर मधेश प्रदेशको जनकपुर बागमतीको हेटौडा लुम्बिनिको भैरहवा गण्डकीको पोखरा कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा मतदान केन्द्रमा मतदान भईरहेको नेपाल पारा भेटेरिनरी एण्ड लदाईभष्टक एशोसिएसनका केन्द्रिय सचिव श्याम खड्काले जानकारी दिए ।

 

एक प्रदेशमा एकमात्र मतदान केन्द्र भएको र विभिन्न दुर्गम जिल्लाबाट मतदाता प्रदेशको केन्द्रमा आएर मत दिनुपर्ने भएकोले मतदान प्रतिशत भने न्यून रहने सम्भावना छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज