Advertisement

दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रमा पूर्वमुख्यमन्त्री रावलको अनुगमन, स्थानियहरुको पीडा सुन्दै

दोधारा । असार तेस्रो साता जोगबूढा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाकी सपना सुनार विस्थापित बनिन् । बाढीले घर भताभुङ्ग बनायो । भित्रको अन्नपात, लत्ताकपडा सबै बगायो । त्यसपछि सुनारको बास स्थानीय जमुना आधारभुत विद्यालय बनेको छ् । बाढीले विस्थापित बनेको तीन साता बित्नै लाग्दा पनि उनी अहिले पनि बस्तीमा फर्किन सकेकी छैनन् । ‘जोगबूढा नदी बस्ती पस्दा मुस्किलले ज्यान जोगायौं । घर बस्नै नमिल्ने बनेको छ् । होचो भूभाग हुदा अझै पानी जमेकै छ् । बल्ल बल्ल ज्यान जोगाए पनि घर भित्रको अन्नपात, लुगाफाटो सबै बाढीले बगायो,’ सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल समक्ष गुनासो गर्दै भनिन् । नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका रावल नेतृतवको टोलीले बाढीले क्षति पुर्‍याएका दोधारा चाँदनी नगरपालिकाका तीन ठाँउको स्थलगत निरीक्षण गरेका छन् । सुदूरपश्चिमका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बू सहित जनप्रतिनिधिको टोली बाढी ग्रस्त क्षेत्रको निरीक्षण गर्दै पीडितको गुनासो सुनेका छन् ।

बाढी र डुबानले विस्थापित कतिपय नागरिक घर फिर्ती भईसकेपनि पटराखल्लाका २७ परिवारको बास विद्यालय बनेको छ् । जमुना आधारभुत विद्यालयको कोठामा बाढी विस्थापितले रात बिताइरहेका छन् । जमुना आधारभुत विद्यालयमा पटराखल्लाका वृद्धवृद्धा, गर्भवती, सुत्केरी तथा बालबालिका सहित एक सय ५ जना बाढी पीडितले आश्रय लिएर बसेको दोधारा चाँदनी–३ अध्यक्ष हरिसिंह धनाडीले बताए । विद्यालयमा पठनपाठन सुरु भइसकेकाले आश्रय लिएर बस्न समस्या भएको स्थानीय मंगल सुनारले बताए । ‘सुरक्षित आवासको व्यवस्था गरिदिनु पर्‍यो । अहिले विद्यालयमा बसिरहेका छौं । हल्का वर्षा हुदा पनि बस्ती डुबानमा पर्छ,’ उनले भने, ‘जोगबूढा नदीमा पक्की तटबन्ध निर्माण गरेर बाढी र डुबानको दीर्घकालीन समाधान गरिनुपर्छ ।’ दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर लिम्बुका अनुसार पटरा खल्लाका बाढी विस्थापितको अस्थायी बसोबासको व्यवस्थापन गरिदैछ् ।

बर्षात् नसकिञ्जेल सम्म बस्ती नजिकै उच्च भूभागमा त्रिपाल टाँगेर बस्ने प्रबन्ध मिलाइने उनले बताए । पटराखल्ला बस्तीका स्थानीयले झेल्दै आएको बाढी र डुबानको समस्या समाधानका लागि जोगबूढामा पक्की तटबन्ध निर्माणको लागि पहल गर्ने पूर्व मुख्यमन्त्री रावलले बताए । बाढी विस्थापितको गुनासो सुनेपछि रावलले विपद् व्यवस्थापन प्राधिकरणका सीइओ अनिल पोखरेल संग टेलिफोन सम्पर्क गरेर पक्की तटबन्ध निर्माणका लागि आग्रह गरेका छन् । ‘पक्की तटबन्ध निर्माणका लागि उहाँ सकरात्मक हुनुहुन्छ् । बाढी र डुबानको समस्या समाधानका लागि हामी सम्बन्धित निकायलाई घचघचाउछौं,’ रावलले भने, ‘पीडामा तपाईहरुको साथमा छौं। राहतको लागि पहल गर्छौ ।’

दोधारा चाँदनी–१० को अठार नम्वर पिल्लर बस्ती जोगबूढा नदीको उच्च जोखिममा छ् । तीव्र कटान गरिरहेको जोगबूढा नदीले यहाँका ७ परिवार विस्थापितको जोखिममा छन् । बिना बर्दिका सैनिकझैं सीमामा नेपाली भूमि जोगाइरहेका जोगबूढा पारीको १८ नम्बर बस्ती जोड्ने झोलुङ्गे पुलसम्म बाढी आएको थियो । जोगबूढा नदीको कटान रोक्न नगरपालिकाले अहिले अस्थायी तटबन्ध निर्माण गरिरहेको छ् ।

जोगबूढामा पक्की तटबन्ध निर्माण नहुँदा दोधारा चाँदनी नगरपालिका–८ को सुन्दरनगर बस्तीमा नदी पसेपछि स्थानीय प्रभावित बनेका थिए । खेतमा माटो भरिएर बगरमा परिणत भएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १...
श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

कञ्चनपुर - कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार...
नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

समाज प्रति मेरो मनको पीडा र आग्रह रमेश बस्नेत, कञ्चनपुर आज दोधारा चाँदनी नगरपालिकाको एक सचेत नागरिकको हैसियतले जब म आफ्नो सम...
महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महेन्द्रनगर – कञ्चनपुरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले स्वास्थ्य सेवा तथा प्राविधिक जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

महेन्द्रनगर - उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार वैजनाथ माविको सभाहलमा उत्तम चन्द स्म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज