Advertisement

दोधारा चाँदनीको जर्का टोलमा पस्यो जोगबुडाको बाढी, दुई दर्जन बढी परिवार विस्थापित

दोधाराचादनी–कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिका वडा नं. ४ स्थीत जर्का टोलमा बाढि पस्दा स्थानीय विस्थापित भएका छन् । जोगबुडा नदी किनारमा रहेको जर्का टोलमा बाढि पसेको हुदा दुई दर्जन बढी घरपरिवार विस्थापित भएका हुन् ।
वडा कार्यालयको अगुवाईमा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बाढीमा फसेका वासिन्दाको उद्धार गरी सुरक्षित राखिएको छ । अहिले विस्थापित वासिन्दा जनज्योति माध्यमिक विद्यालयमा राखिएका छन् ।

जोगबुडा नदीको बाढीले वडा नं. ७ र ८ का वासिन्दा विस्थापित भएका छन् । जोगबुडा नदीको बाढी वस्ती आएपछि डुबान भएर उनीहरु सुरक्षित स्थानमा सार्न थालिएको वडा अध्यक्ष ओम प्रकाश रोकायाले बताए । जरका टोल नजिक अर्को वस्ती रामपुरे टापु छ । यो टापुका वासिन्दा पनि बर्सेनी बाढीको चपेटामा पर्दै आएका छन् ।

समुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष टिका मगरले बाढी प्रभावित परिवारलाई प्राथमिक चरणमा अस्थायी आवासको व्यवस्था गरिएको बताए । उनीहरुलाई सुरक्षित खानेपानी, स्वच्छता र स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्ने काम भइरहेको बताए । जर्का टोलका ५२ घर परिवारमध्ये जोखिम भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

स्थानीय तह, विपद् समिति र सुरक्षा निकायबीच समन्वय गरी राहत तथा पुनःस्थापनाको प्रयास जारी राखेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आइतबार निरन्तर वर्षा भइ रहेकाले जोगबुडा नदीको बाढी वस्तीमा पस्न सक्ने भएकाले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका थिए । दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बु सहित विपद् व्यवस्थापन समिति, वडा समिति बाढी पीडित वासिन्दालाई सहयोगका सक्रिय रुपमा लागेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो...
सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

– रमेश बस्नेत, नेपाल यतिबेला विकासको नयाँ युगमा प्रवेश गरिरहेको दाबी गरिन्छ। संघीयता कार्यान्वयनसँगै देशका विभिन्न कुनाकाप्चासम्म ...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज